काठमाडौं ।
फिफा विश्वकप फुटबलअन्तर्गत सिटल स्टेडियममा जारी इरान र इजिप्टबीचको खेल रोमाञ्चक बनेको छ। इजिप्टले खेलको पाँचौं मिनेटमै महमुद साबेरको गोलमार्फत अग्रता लिएको थियो। तर १४ मिनेटमै इरानले रमिन रजाइनको गोलबाट खेल बराबरी गर्न सफल भयो।
यसअघि ११ औं मिनेटमा इरानले पेनाल्टीको अवसर पाए पनि मेहदी तारेमीले गोल गर्न चुकेका थिए। खेलको सुरुआतमै दुवै टोलीले आक्रामक प्रदर्शन गर्दा प्रतिस्पर्धा रोचक बनेको छ।











प्रतिक्रिया