ललितपुर ।
ललितपुरको महालक्ष्मी मन्दीर परिसरमा सरसफाई कार्यक्रम आयोजना भएको छ । विश्व वातावरण दिवसको अवसरमा शुक्रबार मन्दीर परिसर सफाई भएको हो । रोट्याक्ट क्लब अफ सैबु भैसेपाटीको आयोजनामा दर्जन बढी रोटरी क्लबको सहभागितामा सरसफाई कार्यक्रम आयोजना गरेको रोट्याक्ट क्लब सैबु भैसेपाटीका अध्यक्ष त्रिविवेक श्रेष्ठले बताउनुभयो ।



सरसफाई कार्यक्रममा रोटरी क्लब अफ सैबु भैसेपाटी, रोट्याक्ट क्लब अफकुपण्डोल,नेपाल नेशनल हस्पिटल, जावलाखेल, किष्ट मेडिकल कलेज, किर्तिपुर, त्रिभुवन विश्वविद्यालयल,कलंकी, पाटन साउथ, हिमालयन पाटन , महाबौद्ध र संखुका पदाधिकारीहरुको सहभागिता रहेको थियो । संयोजक श्रेष्ठले हरेक वर्ष विश्ववातावरण दिवसको दिन विभिन्न क्षेत्रको सरसफाई कार्यक्रम आयोजना गरिरहेको बताउनुभयो ।












प्रतिक्रिया