काठमाडौं ।
मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ धारा ढोलास्थित दक्षिणकाली सडकखण्डमा सुमो र बोलेरो जिप एकआपसमा ठोक्किँदा १४ जना घाइते भएका छन्।
हेटौंडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना.१ ज ७२०७ नम्बरको सुमो र विपरीत दिशाबाट आउँदै गरेको बीएए ९७६८ नम्बरको बोलेरो जिप ठोक्किँदा चालकसहित १४ जना घाइते भएका हुन्। घाइतेमध्ये चार जनाको अवस्था गम्भीर र १० जनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
घाइते सबैलाई उद्धार गरी उपचारका लागि काठमाडौं पठाइएको छ। घटनाबारे थप अनुसन्धानका लागि सुमो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।











प्रतिक्रिया