काठमाडौं ।
काठमाडौंमा सार्वजनिक यातायात सेवाको विस्तार गर्दै महानगर यातायात प्रा.लि.ले चक्रपथ रुटमा १६ वटा नयाँ विद्युतीय बस सञ्चालनमा ल्याएको छ। ३३ सिट क्षमताका यी बसमा एकै पटक करिब ७० यात्रुले यात्रा गर्न सक्नेछन्।
चीनबाट आयात गरिएका बसमा १४४ किलोवाट क्षमताको ब्याट्री जडान गरिएको छ, जसले एक पटकको पूर्ण चार्जमा करिब २०० किलोमिटर यात्रा गर्न सक्छ। महानगर यातायातले यसअघि सञ्चालनमा रहेका १२ वटा विद्युतीय बसको सफलतापछि थप १६ बस सेवा विस्तार गरेको जनाएको छ।
कार्यक्रममा कम्पनीका प्रतिनिधिहरूले विद्युतीय सवारीसाधन वातावरणमैत्री, खर्चमा किफायती र भविष्यको आवश्यक विकल्प भएको बताएका छन्। महानगर यातायातले आगामी दिनमा विद्युतीय बस सेवा थप विस्तार गर्ने योजना पनि सार्वजनिक गरेको छ।











प्रतिक्रिया