काठमाडौँ।
मधेस प्रदेशका सांसद एवं पूर्वराज्यमन्त्री सरोजकुमार सिंहलाई चार वर्ष एक महिना कैद सुनाइएको छ।
विशेष अदालतले भ्रष्टाचार मुद्दामा जेठ ४ गते दोषी ठहर गर्दै सजाय निर्धारणका लागि मंगलबारलाई पेसी तोकेको थियो।विशेष अदालतका अध्यक्ष श्री सुदर्शनदेव भट्ट सदस्यद्वय उमेश कोइराला र विदुर कोइरालाको इजलासले सिंहलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको हो।
उपभोक्ता समितिहरूका तर्फबाट घुस कमिसन बापत उनले कुल ३८ लाख ५० हजार लिएको ठहर अदालतले गरेको छ।
अदालतले सजाय निर्धारण गर्दा निजको पदीय हैसियत र भ्रष्टाचारको परिमाणलाई मुख्य आधार बनाएको छ। सिंह मधेश प्रदेश अन्तर्गत महोत्तरी क्षेत्र नं ४ (ख) बाट निर्वाचित प्रदेश सभा सदस्यसमेत भएकाले विशेषले थप सजाय समेत तोकेको छ।
सिंहलाई ४ वर्ष कैद र बिगो बमोजिम ३८ लाख ५० हजार १३९ रुपैयाँ जरिवाना तोकिएको छ।
साथै, सार्वजनिक पदमा बहाल रहेको अवस्थामा भ्रष्टाचार गरेकाले सोही ऐनको दफा २४ बमोजिम थप १ महिना कैद सजाय हुने फैसला भएको विशेषले जनाएको छ।











प्रतिक्रिया