गायक सोम गुरुङले चौंरीको गोठ बोलको गीत सार्वजनिक गरेका छन्। लोक–पप शैलीमा तयार पारिएको गीतले नेपाली पहाडी जनजीवन, संस्कृति र प्रेमको निकै सुन्दर चित्रण गरेको छ।
गीतमा रमेश दाहालको शब्द, केशव पौडेलको संगीत र जुगल डंगोलको संगीत संयोजन छ। गीतको भिडियोमा सुरेश कोली, रश्मी गुरुङ र बाल कलाकार काफिया प्रिलेले अभिनय गरेका छन्। भिडियोको सुरुवातमै सारंगीको मधुर धुन र परम्परागत नेपाली भेषभूषामा सजिएका कलाकारको सामूहिक नृत्यले दर्शकलाई आकर्षित गर्छ।
पहाडको थुम्को, हरियाली र स्वच्छ वातावरणले भिडियोलाई निकै जीवन्त बनाएको छ।
भिडियो निर्देशन समन अधिकारीले गरेका हुन्। भिडियोमा नेपाली मौलिक कला र संस्कृतिलाई आधुनिक सिनेम्याटिक शैलीमा खिचिएको छ।











प्रतिक्रिया