पुल निर्माणमा व्यवसायीको खेलबाड: एउटा स्पान ढालेकै भरमा आधा लागत भुक्तानी,  धेरै वर्ष देखिको झाराटारी कामले पुल भने अधुरै

2.35k
Shares

नवलपरासी। 

काली गण्डकीमा पक्की पुल बन्ला र सहज रूपले नदी आर पार गराैंला भन्ने सपना देखेका स्थानीय पुल निर्माणमा, व्यवसायीको बढ्दाे खेलवाडले निराश भएकाछन् ।

स्थानीय बुलिङ्गटार ४ काेखे र तनहुँको रिसिङ्ग गाउँ पालिका ४ मधुवन जाेड्ने गरी  २०७३ साल असारमा नामै चलेका व्यवसायी नागार्जुन, लुम्बिनी र स्वच्छन्द जेभीले गडगडीघाट पुलकाे निर्माण एवं लागत सम्झौता गरेका थिए ।

प्रारम्भका केही वर्ष काली फर्काउदै ३ खम्बा सम्म हालेका निर्माण व्यवसायीले पछिल्लो समय नियमित काममा चासाे नदिदा पुल १ स्पान ढलाईमै थन्किएकाे स्थानीयहरू बताउँछन् ।

गत वर्ष स्थानीय, संघ देखि पालिका सम्मका जन प्रतिनिधिकाे चाैतर्फी दवाव र पुल सेक्टर पोखराले दिएको ठेक्का तोड्ने सम्मको चेतावनी पछि जाेईन्ट भेन्चरका ३ कम्पनीले लाजगाल १ स्पान  ढलाई गरेका थिए ।

यस वर्ष थप २ स्पान ढलाईका लागि फिलिङ्ग थालेकाे निर्माण कम्पनीले जेठकाे पहिलो साता सकिदा पनि स्पान ढलानकाे काम नगरेकाे स्थानीयले बताएकाछन् ।
गत वर्ष ठेक्का ताेडिने र कम्पनीको मान प्रतिष्ठामा आँच पुग्ने भयले अत्तालिदै अन्तिम पटकका लागि म्याद थपकाे अवसर लिँदै काममा ढिलाइ नगर्ने बताएका व्यवसायीले पुलकाे निर्माणमा उहीँ आफ्नो पुरानै पारा दाेहाेराएकाछन् ।

यसै सम्बन्धमा निर्माण व्यवसायी स्वच्छन्द जेभीका जयराम लामिछानेले वस्तु तथा निर्माण सामाग्रीकाे ढुवानीमा भएकाे मूल्य बृद्धिले व्यवसायीकाे ढाड सेकिरहेका बेला राज्यले समन्वयात्मक भूमिका निर्वाह नगरेकाे भन्दै घुमाउरो आराेप लगाए ।
उनले राज्य व्यवसायीका मर्का बुझेर अघि बढे आफ्नो कम्पनीले आउँदो चैत मसान्त सम्ममा पुल सम्पन्न गरेर हस्तान्तरण गरिदिने सम्मको पत्याउनै नसकिने जादुपूर्ण दाबी गरेका छन् ।

यता आयाेजना हेर्ने पुल सेक्टर पाेखराका सूचना अधिकारी ईन्जिनियर विदुर सुवेदी निर्माण कम्पनीले ढलाईकाे तयारी गर्दै रहेकाे १ स्पान स्ल्याव बनी हाले पनि अर्को स्पान भने ढलाई हुने कुरामा शंकम व्यक्त गर्दछन् ।

उनले भने जेठ लागि सक्याे नदीकाे माथिल्लो क्षेत्रमा पानी पर्ने क्रम जारी छ तेस्राे स्पानकाे काम के हाेला काममा आशातित प्रगति देखिएकाे छैन ।
बुलिङ्गका एक स्थानीयका अनुसार ठेक्दार मंसिरमा भेड्किन्छ र जेठ सम्म उहीँ पुराना मक्किएका तार  रड बुनेझै गर्दै दिन कटाउने तथा असार लागे पछि तिनै रड खाेलेर थन्क्याउने गरेकाे देख्दा याे पाराले ५० वर्षमा पनि पुल बनेर नसकिने देखियाे ।

कुल २६ कराेड ८२ लाख ८६ हजार ४ सय ३२ रूपैयाँ लागत सम्झौता रहेकाे उक्त पुलकाे झण्डै १० वर्षकाे बित्तिय प्रगति ५१ र भाैतिक प्रगति ६० प्रतिसत रहेकाे ईन्जिनियर सुवेदीले बताए ।

नवलपरासी पूर्वकाे सदरमुकाम कावासाेती र दलदले हुँदै कालीगण्डकी करिडाेर पार गर्दै तनहूकाे भिमाद,खैरेनीटार पुग्न अत्यन्तै साेझाे र छाेटाे मानिने पहाडी सडकलाई जाेड्न सहायक  यस पुलकाे लम्बाइ २ सय ९० मिटर रहेकाे छ ।

चाैडाई १० दशमलव ५ मिटर र ४ पिलर सहित ५ स्पानमा डिजाइन भएकाे पुलकाे १ पिलर भने अझै पनि नदीकै गर्भमा अड्किएकाे छ ।

पिलरकाे फाउन्डेसन सहित जल सतह मुनि काम भए पनि क्यापिङ्गकाे काम भने निर्माण कम्पनीले भुक्तानी अभाव बताउदै विगत २ वर्ष देखि राेकि राखेकाे छ ।
कराेडाैं खर्चेर पानी मुनि पिलर हालियाे क्यापिङ नगरेकाे बहानामा भुक्तानी राेकिएकाे छ, हामीले रगत हालेर भएन ! कम्तिमा कामकाे मुल्यांकनले भुक्तानी दिए वर्तमानकाे जटिल अवस्थामा निर्माण कार्य अघि बढाउन सजिलाे हुने  स्वच्छन्द जेभीका लामिछानेले निकै आक्राेसपूर्ण सैलीमा बताए ।

उनले भने समयमा भुक्तानी नपाईने गरेकाे,राज्यले योजना बनाउन र ठेक्का लगाउन हतारिने, झीनाे बजेट देखाएर भुक्तानिमा अलमलाउने नीति लिएकै कारण निर्माणमा ढिलाइ भएकाे हाे ।

आयाेजनाका तर्फबाट भने क्यापिङ्ग गर भुक्तानी लग भनिएकाे हाे, जग हालेर घर बनाएँ भन्दैमा छानै नछाई निर्माण सम्पन्न भएकाे भुक्तानी कुन आधारले पुल सेक्टर पाेखराकाे कथन रहेकाे छ ।

पुल सेक्टर पाेखराका सूचना अधिकारी सुवेदी भन्छन समयमा पुल नबन्दा जनताकाे सेवा पाउने अधिकार खाेसिएकाे छ,कार्यालयकै कार्य सम्पादन प्रगति राेकिएकाे छ, हरतर्फका दवाव थेगेर,पटक पटक समय दिई आवश्यक समन्वय गर्दा पनि व्यवसायीले काम नगरि योजना अल्झाई रहे यसै पटक ठेक्का तोड्ने सम्मको निर्णय हुने छ ।

स्थानीय भने पुल निर्माणमा भएकाे वर्षाैंकाे ढिलाईले सरकार र निर्माण व्यवसायी दुबै पक्षसंग आक्राेसित देखिन्छन् ।
ठेकेदार कम्पनीले यतिका वर्ष पुल निर्माणमा खेलबाड र लापरबाही गरेकै हाे,योजना सम्झौता गर्ने र समयमा काम नसक्ने यस्ता ओैकातहिन व्यवसायी बिरूद्ध राज्य निर्मम ढंगले प्रस्तुत हुनु पर्ने बुलिङ्गटारका बिद्राेही गिरी बताउँछन् ।