डक्टर–इन्जिनियर बन्ने सपना देखेकी गीता चम्किइन् मोडलिङमा


केही अघि राजधानीमा सम्पन्न १६औँ बिन्ध्यवासिनी म्युजिक अवार्डमा सर्वोत्कृष्ट मोडल २०८२ को उपाधि चुम्न सफल भएपछि चर्चित मोडल तथा डान्सर गीता ढुँगानाको चर्चा झनै चुलिएको छ भने म्युजिक भिडियो मोडलिङमा व्यस्तता थप भएको छ।
७ वर्षदेखि नृत्य र अभिनय दुवै क्षेत्रमा सक्रिय रहँदै आएकी उनी छोटो समयमै मोडलिङ र डान्सरका रुपमा लोकप्रिय र स्थापित हुन सफल भइन्। यस क्रममा गीताले थुप्रै हिट गीतमा आप्mनो सशक्त प्रस्तुति दिइसकेकी छन्।

??????????

उनले अभिनय र नृत्य गरेका ओइ काजल, घन्किदे मादलु, मेरी हजुर, पत्थरको मुटु, यो भाग्यमा खोट छ, चौका दाउ, वाउने हजार, सम्झिनी पानी छम्किनी, झमझम झम्काना, माझी दाइ, तिमिलाई सम्झेर–२, बा“सको कप्टेरो, झुम्का झलक्कै, चम्चा पिलेट, सरर भागौ“ला, मन भुल्छजस्ता गीतका भिडियो युट्युबको करोड क्लबमा पर्न सफल भएका छन्, जसले गीताको लोकप्रियतालाई अझ उचाइमा पु¥याएको छ।

सानैदेखि नृत्यप्रति गहिरो रुचि राख्ने ढु“गानाको प्रारम्भिक सपना भने मोडलिङमा नभई डाक्टर वा वास्तुकला इन्जिनियर बन्ने थियो। तर समय र परिस्थितिले उनलाई मोडलिङ क्षेत्रमा ल्यायो, जहाँ उनले छोटो अवधिमै उल्लेखनीय सफलता हासिल गरिन्। परिवार—विशेषगरी आमा, बुबा र दाजुको साथ र सहयोगले उनको करियरलाई थप मजबुत बनाइदियो। मोडलिङस“गै अध्ययनलाई पनि निरन्तरता दिँदै आईटीको अन्तिम परीक्षा तयारी पनि सँगै गरिरहेकी छन्।

प्रताप दास, जिबी चिरन र प्रबिन भट्टको स्वर रहेको गीत जातमा बनेको भिडियो गीताको पहिलो म्युजिक भिडियो थियो। त्यो गीतको भिडियो रुकुमको सत्य घटनामा आधारित थियो। उक्त भिडियोमा अभिनय गर्ने अवसर उनलाई जिबी चिरनमार्फत प्राप्त भएको थियो। त्यसपछि चक्र बमको ओइ काजल गीतको भिडियोमा मोडलिङ गर्ने अवसर पाएसँगै उनको करियरले नयाँ उचाइ पायो। त्यो गीत र त्यसको भिडियो अत्याधिक लोकप्रिय भएपछि गीताले आप्mनो क्षेत्रमा कहिल्यै पछाडि फर्केर हेर्नु परेन। करियरले नै उनलाई मोडलिङ र डान्स क्षेत्रमा अगाडि बढाईरह्यो।

नेपाली फिल्म तथा म्युजिक क्षेत्रका चर्चित कलाकारहरू राजेश हमाल, भुवन केसी, पल शाह, पुष्प खड्का, आकाश श्रेष्ठ, दुर्गेश थापा, नाजिर हुसेन, गौरव पहाडी, निराजन प्रधानलगायतस“ग अभिनय र नृत्य गर्दै आएकी गीतालाई दर्शकले नयाँ पूराना सबै कलाकारसग जोडीका रुपमा प्रस्तुत हुदा समान रूपमा मन पराएका छन्। हालसम्म ५ सयभन्दा बढी म्युजिक भिडियोमा अभिनय तथा नृत्य गरिसकेकी गीता सानै उमेरमै सफलता हासिल गर्न पाएकोमा खुशी व्यक्त गर्छिन्।

उनी शुटिङ स्थलमा पुग्दा विशेष आनन्द महसुस हुने बताउ“छिन्। आप्mनो कामप्रति मेहनती र समर्पित उनी आप्mना लगन र सक्रियताका कारण उनी धेरै निर्देशक तथा निर्माताहरूको पहिलो रोजाइमा पर्न सफल भएकी छन्। ‘अधिकांश कलाकार र निर्देशकसग काम गर्ने अवसर पाएकोमा आफूलाई भाग्यमानी ठान्दछु। सबैबाट पाएको माया मेरो लागि प्रेरणा भएको छ’ गीता भन्छिन्।

मोडलिङ र डान्स क्षेत्रमा गरेको मेहनत र लगनले उनलाई १४औ र १६औ बिन्ध्यवासिनी म्युजिक अवार्ड, आठौ राप्ती म्युजिक अवार्ड, चौथो ओएस नेपाल म्युजिक अवार्ड, तेस्रो इपिक नेपाल म्युजिक अवार्ड, चौथो सिल्भर म्युजिक अवार्ड, चौथो निम म्युजिक अवार्ड, तेस्रो नेशनल ब्रान्ड म्युजिक अवार्ड र बि स्टार फिल्म्स् म्युजिक अवार्डमा सर्वोत्कृष्ट मोडलको विजेता बनाएको छ।

म्युजिक भिडियो सुटिङसगै स्टेज कार्यक्रमहरूमा समेत निरन्तर उत्तिकै व्यस्तताका साथ प्रस्तुति दिदै आएकी गीता राम्रो आम्दानी र लोकप्रियता दुवै प्राप्त हुने भएकाले यो क्षेत्र आफुलाई अत्यन्त प्रिय लागेको बताउ“छिन्। चितवनमा जन्मिई हाल काठमाडौंमा आप्mनै निवासमा परिवारसग बस्दै आएकी उनी आगामी दिनमा अझै मेहनत, लगन र निरन्तरताका साथ उत्कृष्ट काममार्फत दर्शकलाई मनोरञ्जन प्रदान गर्ने बताउछिन्।