भूकम्प कति स्केलको गएको भनेर सम्बोधन गर्दा यति रिक्टर स्केल गएको भन्ने गरिन्छ । यो रिक्टर भन्ने शब्द कुनै इकाइ पनि होइन । यो एक वैज्ञानिकको नामबाट सापटी लिएको शब्द हो ।
ती थिए अमेरिकाका भूकम्प वैज्ञानिक चार्ल्स फ्रान्सिस । उनले रिक्टर स्केललाई बेनो गुटेनबर्गसँग मिलेर विकसित गरेका थिए । सुरुआतमा रिक्टरले खगोल वैज्ञानिक बन्ने लक्ष्य लिएका थिए । तर, अहिले उनलाई अर्थक्विक साइन्टिस्ट यानि भूकम्प वैज्ञानिकको नामले चिनिन्छ ।
को थिए चार्ल्स रिक्टर?
चार्ल्स रिक्टरको पूरा नाम चाल्र्स फ्रान्सिस रिक्टर हो । उनको जन्म २६ अप्रिल १९०० मा अमेरिकाको हेमिल्टनको ग्रामीण क्षेत्रमा भएको थियो । बाल्यकालमा उनी बुबा–आमासँग अलग भएका थिए । यसपछि उनी जीवन यापन गर्नका लागि क्यालिफोर्निया पुगेका थिए ।
चार्ल्सले स्टेनफोर्ड युनिभर्सिटीबाट १९२० मा भौतिक शास्त्रमा (फिजिक्स) स्नातक गरे भने क्यालिफोर्निया इन्सिटच्युट अफ टेक्नोलोजी (केल्टेक) बाट सैद्धान्तिक भौतिकीमा १९२८ मा पीएचडी पूरा गरेका थिए ।
चार्ल्सको सपना खगोल वैज्ञानिक बन्नु थियो । तर, समयले उनलाई सिस्मोलोजीतिर आकर्षित गराएको थियो । केल्टेकको सिस्मोलोजिकल ल्याबमा काम गर्ने क्रममा उनले भूकम्पको तरंगहरूको गहराई अध्ययन गर्न सुरु गरे । उनले प्याटर्नमा नजर बनाए । यही समयमा उनले भूकम्पको कम्पन आविष्कार गरेका थिए । योसँगैं भूकम्पको मापन एकाइलाई रिक्टर भन्न थालेको हो ।
३० सेप्टेम्बर १९८५ मा निधन भएका चाल्र्सलाई भने उनको नामबाट भूकम्पको तरंगलाई जोडेको मन परेको थिएन । उनको भनाइ थियो कि यसको विकास म एक्लैले गरेको थिएन । उनले गुटनबर्गसँग मिलेर यो भूकम्पको तीव्रता मापन आविष्कार गरेका थिए । गुटेनबर्गको पनि यसमा बराबर योगदान रहेको थियो ।
चाल्र्स रिक्टरको योगदान
–१९३५ मा गुटेनबर्गसँग मिलेर रिक्टर स्केल विकसित गरेको, यसपछि भूकम्पको म्याग्नीच्युड यसैबाट मापन गर्न सुरु भयो ।
–१९४१ मा सेस्मेसिटी अफ द अर्थ र १९५८ मा एलीमेन्ट्री सिस्मोलोजी किताबहरू लेखेका ।
–१९५३ मा अमेरिकन एकाडेमी अफ आर्ट्स एन्ड साइन्सेजको सदस्य चुनिएका ।
–१९५९ मा सिस्मोलोजी सोसाएटी अफ अमेरिकाका अध्यक्ष बनेको ।
–२००३ मा सिस्मोलोजी सोसाएटी अफ अमेरिकाद्वारा यंोङ्ग साइन्टिस्टका लागि चाल्र्स रिक्टर अर्ली करियर अवार्ड सुरु गरिएको ।











प्रतिक्रिया