क्यानले हरेक वर्ष अवार्ड कार्यक्रम गरिने


काठमाडौं ।

नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार विराटनगरमा सम्पन्न वार्षिक साधारण सभाले प्रत्येक वर्षको दिसेम्बरमा अवार्ड कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ । उक्त अर्वाडमा उत्कृष्ट खेलाडी महिला र पुरुष, उत्कृष्ट युवा खेलाडी, लाइफ टाइम अचिभमेन्ट तथा मोभमेन्ट अफ द इयर गरि ५ अवार्ड वितरण गरिने बताइएको छ ।

साधारण सभामा अरू निर्णय पनि भएको छ । जसमा, क्यानकोआर्थिक वर्ष २०८१÷०८२ को वार्षिक लेखा परिक्षण अनुमोदन गरिएको छ । नेपाल प्रिमियर लिग (एनपिएल) को दुई सिजनको आय व्यय विवरण पारित गरिएको छ ।

यसैगरी एनपिएल २ बाट प्राप्त आम्दानीमा सम्पुर्ण ४५ जिल्ला सदस्यलाई २ लाखको दरले रकम उपलब्ध गराउने निर्णय गरेको छ । जिल्ला संघहरुले संचालन गर्ने कार्यक्रमको आधारमा जिल्ला स्कोरकार्ड ग्रान्ट उपलब्ध गराउने पनि निर्णय भएको छ ।