विद्यार्थी संगठन खारेज नगर्न सर्वोच्चको आदेश


काठमाडौं । 

सर्वोच्च अदालत ले विश्वविद्यालयमा विद्यार्थी संगठन खारेज गर्ने सरकारी निर्णय कार्यान्वयन नगर्न अल्पकालीन आदेश दिएको छ ।

सरकारले विद्यार्थी संगठनहरू खारेज गर्ने निर्णय गरेपछि त्यसविरुद्ध आठ विद्यार्थी संगठनले संयुक्त रूपमा रिट दायर गरेका थिए ।

अदालतले प्रारम्भिक सुनुवाइपछि अर्को आदेश नभएसम्म निर्णय कार्यान्वयन नगर्न आदेश दिएको हो ।