काठमाडौं ।
राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज साँझ सार्वजनिक गर्ने तयारी गरेको छ।
बोर्ड स्रोतका अनुसार प्राविधिक काम अन्तिम चरणमा पुगेको र साँझ ५ बजेपछि बोर्ड बैठक बसेर नतिजा सार्वजनिक गर्ने निर्णय हुने अपेक्षा गरिएको छ।
बोर्डका सदस्यसचिव जंगबहादुर अर्यालले नतिजा सार्वजनिक गर्ने विषयमा छलफल भइरहेको बताएका छन्। यस वर्ष एसईई परीक्षा चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको थियो। परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गरिएको कारण नतिजा छिटो सार्वजनिक गर्न लागिएको हो।
यस वर्ष कुल ५ लाख १२ हजार ४२१ विद्यार्थीले एसईईका लागि फारम भरेका थिए, जसमा नियमिततर्फ ४ लाख ४१ हजार ५६६ र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ विद्यार्थी सहभागी भएका थिए।











प्रतिक्रिया