सप्तकोशी क्षेत्रमा पर्यटन व्यवसाय फस्टाउँदै

846
Shares

उदयपुर ।

उदयपुर र सुनसरी जिल्लाको सिमा भएर बग्ने सप्तकोशी नदी किनाराको उदयपुरको क्षेत्रमा पर्यटन व्यवसाय फस्टाउँदै गएको छ । अत्यन्त रमणिय क्षेत्र रहेकोले यस क्षेत्रमा होटल रिसोर्ट तथा ४ वर्ष अघिदेखि संचालनमा आएको जल पर्यटन व्यवसाय अहिले फस्टाउँदै गएको छ ।


यस व्यवसायले आर्थिक रुपले उदयपुर जिल्लाको बेलका नगरपालिका, सुनसरीको बराहक्षेत्र नगरपालिकालाई बढी फाइदा भएको छ भने यातायातको अभावलाई समाधान गर्न जेटबोट सानो पानी जहाज कोशी पुल बराहषेत्रदेखि भोजपुरसम्म संचालनमा आएपछि सहजता भएको छ ।

सप्तकोशी नदीमा जेटबोट चढेर यात्रा गर्न, प्लाष्टिकबोटमा तथा ¥याफ्टिङमा यात्रा गर्न रमाउनकालागि अहिले भारतको बिहारका तथा नेपालको उदयपुर,सुनसरी, धनकुटा, भोजपुर, मोरङ, झापादेखिका मानिसहरु आउने गरेका छन् ।

उदयपुरको बेलका नगरपालिकाको सहयोगमा वडा नं ८ मा रहेका होटल व्यवसायीहरुको सहभागितामा भएको पर्यटन प्रवद्र्धन कार्यक्रमका बारेमा कोशीपुल स्थित अन्डरहिल होटलका संचालक राज वान्तवाले यस क्षेत्रको पर्यटन प्रवद्र्धनकालागि पर्यटन बोर्डको व्यवस्थापन तथा सहयोगमा स्थानीय होटल व्यवसायीहरुको लगानीमा केही समय अघि प्रथम बेलका पर्यटन महोत्सव आयोजना गर्दा सुनखानबिाट शुरु भएको र यसमा प्याराग्लाइडिङ, बोटिङ ¥याफ्टिङ।

साइक्लिङ लगायतका साहसिक खेलहरु पनि समावेश भएको बताए ।बेलका नपा ८ मा रहेको बेलका विच रिसोर्टका संचालक रमण भट्टराईका अनुसार पर्यटन महोत्सवको समापनमा होटलमा आउने ग्राहकहरुलाई २५ प्रतिशत छुट दिएको ,जलको प्रयोगमा बोटिङ,¥याफ्टिङ गराउको आकाशमा चम्पाकोट डाडादेखि १० प्याराग्लाइडिङ गराएको कोशी पुलदेखि बेलकाको कोशी क्षेत्र बोट आउँँदै गरेको, प्याराग्लाडिङ भैरहेको, साइक्लिनिङ हुँदै गरेको पुष्पवृटि भैरहेको दृश्यहरु देखाएको, विभिन्न नाचहरु थारु नाच साकेला नाचहरु समेत देखाएको बताए ।

उनले विश्वका विभिन्न ठाउँको झल्को दिने खालको पर्यटकीय क्षेत्र कोशी किनारामा रहेको जानकारी दिंदै नेपालका अन्य ठाउँमा रहेका पर्यटकीय स्थलहरु भन्दा यहाँका पर्यटकीय स्थलहरु रमणीय रहेका हरिद्धार यही छ बाराहक्षेत्र, थाइल्याण्ड, इण्डोनेशिया आइल्याण्ड सफारी, चितवनको जंगल सफारी , पोखराको प्याराग्लाइडिङ लगायतका ठाउँमा पाइने सबै खाले पर्यटन तथा साहसिक खेल खेल्न सकिने

अनगिन्ती ठाउहरु यहाँ रहेको बताए ।यसैगरी ग्रीन राइजिङ मल्टीपर्पोज एडभेन्चर प्रालिका संचालक इटहरी २० का सुरेश बस्नेतले कोशी प्रदेशमा जम्मा २ वटा एडभेन्चर कम्पनि रहेको र कोशी प्रदेशका नदीहरु तमोर नदी, सप्तकोशी,सुनकोशी तथा भोटकोशी, अरुणबाट कोशी पुलसम्म ¥याफ्टिङ गर्ने गरेको तर गाइडको कमी रहेको बताए ।

बस्नेतले सिटिइभिटीबाट ग्रीन राइजिङ मार्फत तालिम शुरु गरेको र ७२ दिन तालिम गराइने जानकारी दिंदै उनले कक्षा नलिईकन संचालन गर्दा विदेशीहरु आउँदा तमोर नदी देखि पनि ¥याफ्टिङ गर्ने गरेको र भेटकोशी हुँदै सुनकोशीमा आउने गरेको बताए । उनले यस क्षेत्रमा विश्वस्तरीय एडभेन्चर छ र हुने गरेको जानकारी यहाँका मानिसलाई जानकारी छैन ।

यहाँको खोलाको पानीको विशेषता विश्वस्तरीय एडभेन्चरको छ भन्ने जानकारी यस क्षेत्रका मानिसलाई छैन ।

बस्नेतले नेपालीहरुलाई ¥याफ्टिङ गर्दा लडेर मरिन्छ भन्ने डर हुन्छ तर त्यस्तो हुँदैन । नेपालीहरु धेरै साहसी हुन्छन रिस्क हुँदैन । आवश्यक सबै प्रकारका इकुमेन्टहरुको तयारी गरिएको हुन्छ । यदि लडियो भने के गर्ने कसरी उद्धार गर्ने भन्ने सबै तयारीका साथमा ¥याफ्टिङ संचालन गरिएको हुन्छ ।
विदेशीहरुकालागि उकदिनको प्याकेजको १ सय ५० डलर लिन्छौ र नेपालीहरुको लागि ३ हजार ५ सयदेखि ४ हजारसम्म प्याकेजका आधारमा दिनको हिसाबले शुलक लिने गरेको जानकारी दिंदै उनले आफ्नै गाडीमा सवार गराएर खाना नास्ता चिया पनि दिने गरेका छौ । राती बस्नु पर्दा भने प्याकेजको डबल चार्ज लाग्ने ५ दिने, १० दिने प्याकेज पनि रहेको उनले बताए ।