बादी समुदायको कथामाथि आमाछोरीको सम्बन्ध मिसाएर बनाइएको फिल्म लालीबजार प्रदर्शनमा आउनु अघिदेखि लिएर आइसकेपश्चात समेत त्यसको विषयवस्तुलाई लिएर समुदायभित्रै सकारात्मक प्रतिक्रिया आउन थालेको छ।
ट्रेलर सार्वजनिक भएयता फिल्मले बादी समुदायलाई कसरी प्रस्तुत गरेको होला भन्ने चासो व्यापक थियो। तर फिल्म हेरिसकेपछि समुदायका अभियन्ताले यसलाई महिलाको संघर्ष, मातृत्व र शिक्षाको महत्वलाई उठान गर्ने संवेदनशील कथाका रूपमा व्याख्या गरेका छन्।
फिल्ममा अभिनेत्री स्वस्तिमा खड्काले बादी समुदायकी महिलाको भूमिका निर्वाह गरेकी छन्। कथाले सामाजिक विभेद र शोषणबीच आप्mनी छोरीलाई पढाएर उज्यालो भविष्य दिन चाहने आमाको संघर्षलाई केन्द्रमा राखेको छ।
फिल्म हेरेपछि प्रतिक्रिया दिदै बादी समुदायकी अभियन्ता देवीसरा बादीले आफूले पर्दामा आप्mनै जीवन भोगाइ भेटेको बताइन्। उनका अनुसार फिल्मले समुदायका महिलाले वर्षौंदेखि भोग्दै आएको पीडा, संघर्ष र आत्मबललाई भावुक ढंगले चित्रण गरेको छ, उनले हरेक आमा–छोरी र महिलाले फिल्म हेर्नुपर्ने धारणा व्यक्त गरिन्।
समुदायका नाममा उठाइएका आशंकाभन्दा फिल्मको वास्तविक प्रस्तुति फरक रहेको उल्लेख गर्दै फिल्म नहेरी निष्कर्षमा नपुग्न आग्रह उनले गरिन्।
अर्की अभियन्ता कृषा बादीले पनि फिल्मले कुनै समुदायको भावनामा चोट नपु¥याएको दाबी गरिन्। उनका अनुसार कथाले छोरीको सुरक्षाका लागि आमा समाज, सत्ता र व्यवस्थास“ग कसरी जुध्छिन् भन्ने पक्षलाई शक्तिशाली रूपमा प्रस्तुत गरेको छ। उनले फिल्म हेर्दा आफू पटक–पटक भावुक भएको अनुभव सेयर गरिन्।
बादी समुदायकी अर्की अभियन्ता सुमन बादीले फिल्मबारे बाहिर फैलिएका नकारात्मक हल्लामा सत्यता नभएको बताइन्। उनले विगतमा समुदायलाई प्रायः नकारात्मक रूपमा चित्रण गरिने गरेको स्मरण गर्दै लालीबजारले भने संघर्ष र सफलताको पाटोलाई प्राथमिकता दिएको उल्लेख गरिन्। यस्थर बादीले फिल्मले महिलालाई शिक्षित र सशक्त बनाउनुपर्ने सन्देश दिएको र समुदायलाई अपमानित गर्ने कुनै दृश्य वा संवाद नभएको प्रतिक्रिया दिइन्।
फिल्मका निर्देशक तथा लेखक यम थापाले दर्शकबाट प्राप्त प्रतिक्रियाले आफूहरू उत्साहित भएको बताए। परिवारसहित दर्शक हलसम्म पुगिरहेको र फिल्म हेरेपछि सन्तुष्ट प्रतिक्रिया दिइरहेको उनले उल्लेख गरे। फिल्ममा रवीन्द्रसिंह बानिया“, मुकुन्दकुमार श्रेष्ठ, अभय बराललगायत कलाकारले अभिनय गरेका छन्।











प्रतिक्रिया