दक्षिण भारतीय सुपरस्टार थलापति विजयको राजनीतिक यात्रा पहिलो चुनावमै प्रभावशाली देखिएको छ। तमिलनाडु विधानसभा निर्वाचनमा उनको नेतृत्वमा रहेको तमिलगा वेत्रि कझगम (टीवीके) ले कुल २ सय ३४ सिटमध्ये सर्वाधिक १ सय ८ सिट जित्दै ठूलो पार्टी बनेको छ। तर सरकार गठनको लागि भने १ सय १८ सिट ल्याउनुपर्नेछ। चुनावमा ५ सिट जितेको भारतीय काग्रेस पार्टीले विजयलाई समर्थन गर्ने संकेत देखाएको छ।
अप्रिल २३ मा सम्पन्न मतदानमा उच्च ८४ प्रतिशतभन्दा बढी मत खसेको पृष्ठभूमिमा, विजयको पार्टीले तमिलनाडुको परम्परागत राजनीति हल्लाएको छ। दशकौदेखि प्रभाव जमाउदै आएका द्रविड मुनेत्र कझगम (डीएमके) र अखिल भारतीय अन्ना द्रविड मुनेत्र कझगम (एआईएडीएमके) बीचको प्रतिस्पर्धामा अब विजय तृतीय शक्ति होइन, निर्णायक शक्तिका रूपमा देखिएका छन्।
रोचक त के छ भने, विजय स्वयं केही प्रमुख क्षेत्रमा अगाडि रहदा वर्तमान मुख्यमन्त्री एम के स्टालिन र उपमुख्यमन्त्री उदयनिधि स्टालिन आप्mनै क्षेत्रमा पछि परेको खबरले चुनावी माहोल झन् चर्किएको छ।
सिनेमा हुदै राजनीतिमा प्रवेश गरेका विजयले सन् २०२४ मा पार्टी स्थापना गरेपछि छोटो समयमै संगठन विस्तारलाई तीव्रता दिएका थिए। बुथ–स्तरसम्म सञ्जाल निर्माण गर्दै युवा, महिला र श्रमिक वर्गलाई लक्षित अभियानले उनलाई जनताबीच छिट्टै स्थापित गरायो। एक सर्वेक्षणमा करिब ३७ प्रतिशत मतदाताले उनलाई सम्भावित मुख्यमन्त्रीका रूपमा रोज्नु पनि यही बढ्दो प्रभावको संकेत हो।
विजयको यो राजनीतिक उछाललाई उनका फिल्मी छविसग पनि जोडेर हेरिएको छ। विशेषतः सरकार फिल्ममा उनले उठाएको मतदान अधिकार र राजनीतिक उत्तरदायित्वको मुद्दा अहिलेको वास्तविक राजनीतिक यात्रासग मेल खाएको विश्लेषण भइरहेको छ।
त्यही फिल्मको सन्देशलाई भारतको निर्वाचन निकायले समेत जनचेतनामा प्रयोग गर्नु र वर्षौपछि वास्तविक चुनावमा उच्च मतदाता सहभागिता देखिनुलाई विजयको प्रभावसग जोडेर हेरिएको छ।
यसपटक करिब ८५ प्रतिशत हाराहारी मतदान हुनु र अधिकांश जिल्लामा ८० प्रतिशतभन्दा बढी सहभागिता देखिनुले मतदाताको सक्रियता उल्लेखनीय रूपमा बढेको देखाउछ। विश्लेषकहरूका अनुसार, विजयको सन्देश, छवि र नया राजनीतिक विकल्पको प्रस्तुतीले यसमा महत्वपूर्ण भूमिका खेलेको हुन सक्छ।
यससगै विजय अब केवल सिनेमाको पर्दाका सुपरस्टार मात्र होइनन्, तमिलनाडुको राजनीतिमा उदीयमान शक्ति पनि बनिसकेका छन्।











प्रतिक्रिया