विश्वकपका तीनै आयोजक राष्ट्रमा उद्घाटन हुने


लन्डन, (एजेन्सी) ।

फिफा विश्वकप २०२६ को उद्घाटन समारोह तीनवटै आयोजक राष्ट्रमा हुने भएको छ । फिफाले शनिबार आयोजक अमेरिका, क्यानडा र मेक्सिकोमा हुने फिफा विश्वकप २०२६ को उद्घाटन समारोहको लाइनअफ सार्वजनिक गरेको छ ।

विश्व फुटबलको महाकुम्भको रुपमा रहेको फिफा विश्वकप उद्घाटनको अवसरमा यस पटक तीन फरक देशमा सेलेब्रेसन हुने फिफाले जनाएको छ । जहाँ विश्व चर्चित सेलेब्रेटीहरु क्याटी पेरी देखि नोरा फतेही सम्मले प्रस्तुती दिने जनाइएको छ । उत्तर अमेरिकी महादेशमा हुने यस विश्वकपमा फुटबल, संगीत र मनोरञ्जनलाई एकसाथ जोड्ने प्रयास हुनेछ ।

जुन १२ मा अमेरिकाको लन एन्जसलमा उद्घाटन समारोह हुनेछ । जहाँ क्याटी पेरी, फुचुरे, अनित्ता, लिसा, रेमा र टाइलाले प्रस्तुती दिनेछन् । यो ९० मिनेटको हुनेछ ।

यस्तै मेक्सिकोमा जुन ११ मा हुने उद्घाटन समारोहमा अलेजान्द्रो फर्नान्डेज, बेलिन्डा, डान्नी ओसिएन, जे बालविन, लिला डोवन्स, लस एन्जलस अजुल, माना, टाएलाले प्रस्तुती दिनेछन् ।

यस्तै क्यानडामा जुन १२ मा हुने उद्घाटन समारोहमा अलानिस मोरिसेट, एलेस्सिया कारा, एलिएना, जेस्सी रेयेज, माइकल बबल, नोरा फतेही, सन्जोए, भेगेड्रिम र विलियम प्रिन्सले प्रस्तुती दिनेछन् ।

जुन ११ देखि जुलाई १९ सम्म अमेरिका, क्यानडा र मेक्सिकोमा आयोजना हुने फिफा विश्वकपमा विश्वका उत्कृष्ट ४८ देशले प्रतिस्पर्धा गर्नेछन् ।