काठमाडौँ।
हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभावसँगै पूर्वी क्षेत्रमा रहेको न्यून चापीय प्रणालीका कारण मौसम बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशसहित अधिकांश पहाडी तथा हिमाली क्षेत्रमा बादल लागेको छ भने तराईका केही स्थानमा आंशिक बदली रहेको छ।
आज दिउँसो कोशीदेखि लुम्बिनी प्रदेशसम्मका विभिन्न स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ भने उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात हुन सक्ने जनाइएको छ। रातिको समयमा पनि पहाडी तथा हिमाली क्षेत्रमा बदली रही केही स्थानमा वर्षा र हिमपातको सम्भावना रहनेछ।
मौसमविद्ले चट्याङ्ग र वर्षाबाट सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन्।











प्रतिक्रिया