मेटलाइफ नेपाल पुग्यो जुम्ला, दुर्गम नेपालमा बीमा पहुँच विस्तार र शिक्षालाई सहयोग गर्दै


काठमाडौँ
मेटलाइफ नेपालले जुम्लामा आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ, जसले नेपालको सबैभन्दा दुर्गम तथा सेवा अभाव भएका क्षेत्रहरूमध्ये एकमा वित्तीय सुरक्षा र बीमा सेवाको पहुँच विस्तार गर्ने दिशामा महत्वपूर्ण कदम चालेको छ ।

यो विस्तार मेटलाइफ नेपालको देशभरि, विशेषगरी दुर्गम समुदायसम्म, बीमा सेवा सहज रूपमा पु¥याउने प्रतिबद्धताको एक हिस्सा हो ।

जुम्लाका बासिन्दाले भोग्दै आएका विशेष चुनौतीहरू जस्तै सीमित पूर्वाधार र वित्तीय सेवासम्मको दूरीलाई मध्यनजर गर्दै स्थापना गरिएको स्थानीय एजेन्सी कार्यालयले व्यक्तिगत ग्राहक सेवा प्रदान गर्ने, वित्तीय साक्षरता अभिवृद्धि गर्ने तथा स्थानीय स्तरमै रोजगारीका अवसर सिर्जना गर्ने लक्ष्य राखेको छ ।

यस पहलमार्फत स्थानीय परिवारलाई व्यवहारिक उपकरण र मार्गदर्शन उपलब्ध गराई उनीहरूलाई आर्थिक रूपमा सुरक्षित भविष्य निर्माण गर्न सहयोग पु¥याउने उद्देश्य राखिएको छ ।

जुम्ला समुदायलाई थप सहयोग पु¥याउने उद्देश्यले मेटलाइफ नेपालले सूर्य सामाजिक सेवा समाजसँग सहकार्य गर्दै चन्दननाथ उच्च माध्यमिक विद्यालय र जनता माध्यमिक विद्यालयमा स्मार्ट बोर्ड हस्तान्तरण गरेको छ । यस सहयोगले विद्यार्थीहरूलाई थप आकर्षक र अन्तरक्रियात्मक सिकाइ वातावरण प्रदान गर्नुका साथै शिक्षकहरूलाई आधुनिक कक्षाकोठा प्रविधिसँग सुसज्जित बनाउन महत्वपूर्ण योगदान पु¥याएको छ ।

साथै, मेटलाइफ नेपालले स्थानीय युवालाई लक्षित गरी बीमा सम्बन्धी सचेतना कार्यक्रमहरू पनि सञ्चालन गरिरहेको छ, जसले जिम्मेवार वित्तीय व्यवहार विकास गर्न र दीर्घकालीन वित्तीय योजना बनाउन प्रेरित गर्ने अपेक्षा गरिएको छ ।

जुम्ला कार्यालय उद्घाटन कार्यक्रममा मेटलाइफ नेपालका महाप्रबन्धक निर्मल काजी श्रेष्ठले भने, ‘जुम्ला एजेन्सी कार्यालयको उद्घाटनले देशका सबैभन्दा दुर्गम समुदायसम्म पनि वित्तीय सुरक्षा पु¥याउने हाम्रो प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ । बीमा सेवाको पहुँच विस्तारसँगै, हामी शिक्षामा सहयोग र युवामाझ बीमा सचेतना अभिवृद्धिमार्फत दीर्घकालीन प्रभाव सिर्जना गर्न पनि उत्तिकै प्रतिबद्ध छौं, जसले उनीहरूलाई आर्थिक रूपमा सुरक्षित भविष्य निर्माण गर्न सहयोग पु¥याउँछ।”