दुर्घटनामा एकको मृत्यु,अर्का घाइतेलाई भरतपुर पठाइयो


नवलपरासी। 

पूर्व पश्चिम महेन्द्र राजमार्गकाे नारायणगढ दाउन्ने खण्ड अन्तर्गत  गडारखाेला नजिक आइतबार साँझ भएको सडक दुर्घटनामा परि १ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बझाङ जिल्ला बित्थडचिर ३ का २३ वर्षीय भुवन बाेहरा रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले जनाएको छ।

पूर्व चाेरमाराबाट स्थानीय अरूणखाेला बजार तर्फ जाँदै गरेको लु १ अ याे १६ नम्बरको टिपरले विपरीत दिशा तर्फ जाँदै गरेको म प्र ०३-०४३ प ६६७४ नम्बरको माेटरसाईकलाई ठक्कर दिँदा साे दुर्घटना भएको हो ।

सोही दुर्घटनाका अर्का घाइते सोही ठाउँका २५ वर्षीय प्रवेश बाेहरालाई थप उपचारका लागि चितवनको भरतपुर तर्फ पठाइएको प्रहरीले जनाएको छ ।

दुर्घटना पश्चात् देवचुली १६ झरहीका ३० वर्षका टिपर चालक सुरज परियार फरार रहेको तथा प्रहरीले घटनाबारे अनुसन्धान कार्य अघि बढाइएको बताएको छ ।