ओखलढुङ्गा ।
ओखलढुङ्गाबाट निर्वाचित प्रतिनिधि सभाका सदस्य विश्वराज पोखरेलले आफू आउँदा बेवास्ता गरेको भन्दै विद्यालयका प्रधानाध्यापकलाई सार्वजानिक स्थानमै गाली गरेका छन् । सांसद पोखरेलले आफू विद्यालय हाता भित्र आएको बेला स्वागत सम्मान नगरेको भन्दै श्री चण्डेश्वरी माध्यमिक विद्यालय खिजीदेम्बा २ रगनीका प्रधानध्यापक सन्तोष मगरलाई विद्यालय हाता भित्रै गाली गरेका हुन ।
राष्ट्रिय स्वतन्त्र पाटीका नेता सांसद पोखरेलले आफू आउँदा स्वागत गर्न आउनु पर्ने भन्दै प्र. अ. मगरलाई गाली गरेका थिए । सांसद पोखरेलले आफू माननीय मात्रै नभएर देशको पूर्व विशिष्ट कर्मचारी समेत भएको र अहिले पनि नेपाल सरकारले ५० हजारको तलब दिने गरेकाले आफूलाई सम्मान गर्नु पर्नेमा आफूलाई स्वागत र सम्मान नगरिएको भन्दै आक्रोश पोखेका छन् ।
आफूलाई बेवास्ता गरिएको भन्दै सांसद पोखरेलले विद्यालयको तर्फबाट प्रधानध्यापक मगरले बुजाउन खोजेको ज्ञापन पत्र समेत केही बेर लिन मानेन । विद्यालयले माननीय आउँदा बेवास्ता गरेको भनेर खेद प्रस्ताव पारित गरे पछि मात्रै आफूले ज्ञापन पत्र बुझ्ने भन्दै ज्ञापन पत्र लिन अस्वीकार गरेका थिए । पछि आफूले माफी मागेपछि सांसद पोखरेलले ज्ञापन पत्र लिएको चण्डेश्वरी माध्यमिक विद्यालयका प्रधानाध्यापक सन्तोष मगरले बताएको छन् ।
सांसद पोखरेल आउने थाहा पाएपछि भौतिक संरचना निर्माणको मागसहित ज्ञापन पत्र बुझाउनका लागी आफू ज्ञापन पत्र तयार गर्न लागेकाले माननीय प्रवेशको क्रममा आफूले स्वागत गर्न नपाएको प्रअ मगरले बताएका छन् ।
सांसद पोखरेलले यही फाल्गुन २१ गते सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार कुमार लुइँटेललाई ५ मतको झिनो अन्तरले पराजित गरेका थिए । पोखरेल मतदाताहरूलाई धन्यवाद दिँदै यही बिहीबार खिजीदेम्बा २ रगनी पुगेका थिए ।











प्रतिक्रिया