क्लाउड फ्याक्ट्रीको जित


काठमाडौं।

टेक्सपायर कर्पोरेट टी–१० लिग काठमाडौको तल्लो मुलपानी मैदानमा आइतबारबाट सुरु भएको छ । पहिलो खेल वर्षाले प्रभावित हुँदा क्लाउड फ्याक्ट्रीले सिप्रडीलाई डकवर्थ–लुइस नियमअनुसार ५ रनले पराजित ग¥यो ।

पहिले ब्याटिङ गरेको क्लाउड फ्याक्ट्रीले ७ ओभरमा २ विकेट गुमाउँदै ९२ को प्रतिस्पर्धात्मक स्कोर बनायो । टोलीका लागि जुलन महर्जनले १९ बलमा ३८ रनको उत्कृष्ट इनिङ्स खेले ।

जवाफमा सिप्रडीले ७ ओभरमा ३ विकेट गुमाउँदै ८७ रन बनायो । शैलेन्द्र नेपालले ३७ रन बनाएर अविजित रहँदा युगेश न्यौपानेले २१ रनको योगदान दिए ।