काठमाडौं।
जापान वाता ओपन तेक्वान्दो च्याम्पियनसिपमा नेपालका गणेशबहादुर खड्काले स्वर्ण पदक जितेका छन् ।
गणेशले ८७ केजीमाथि तौल समूहमा स्वर्ण जितेका हुन् । उनले स्वर्णको भिडन्तमा जापानका खेलाडीलाई हराएका थिए । यस्तै ८० केजीमुनीको तौल समूहमा प्रवीण श्रेष्ठले फाइनलमा इन्डोनेसियन खेलाडीसँग हारेर रजतमै चित्त बुझाए ।
८७ केजीमुनी तौल समूहमा सन्देश अधिकारीले पनि रजत पदकमै चित्त बुझाएका थिए । उनी पनि फाइनलमा इन्डोनेसियाकै खेलाडीसँग पराजित भएका थिए । २२औं संस्करणको यो प्रतियोगिता आज सकिँदैंछ ।
यस्तै, महिलातर्फ आयुशा कार्कीले स्वर्ण जितेकी छन् । आयुशाले ४५ केजीमुनि तौल समूहमा स्वर्ण जितेकी हुन् । यु–११ व्यक्तिगत पुम्सेको महिलामा आरभी ज्ञवालीले रजत तथा पुरुषमा विशेषचन्द्र गामी र श्रेयन कार्कीले कांस्य जिते ।











प्रतिक्रिया