काठमाडौं ।
काठमाडौं उपत्यकाको मनोहरा नदी किनार क्षेत्रमा अतिक्रमित संरचना हटाउने क्रममा डोजरमाथि ढुंगामुढा प्रहार भएको छ। शनिबार साँझ संरचना भत्काउन पुगेको टोलीमाथि एक समूहका युवाहरूले आक्रमण गरेका हुन्।
घटनामा सशस्त्र प्रहरी र नेपाल प्रहरीका करिब एक दर्जन कर्मचारी घाइते भएका छन्। घाइतेहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
संरचना खाली गराउन पुगेको टोलीलाई स्थानीयले आज नगरी भोलि भत्काउन आग्रह गरेका थिए। सो अनुरोध स्वीकार गर्दै फर्कन लागेको बेला मादक पदार्थ सेवन गरेको समूहले उत्तेजित भएर आक्रमण गरेको प्रहरीको दाबी छ।
घटनापछि प्रहरीले आजका लागि अभियान स्थगित गरी फर्किएको जनाएको छ।











प्रतिक्रिया