काठमाडौं।
लैनचौर तेक्वान्दो डोजाङले तेश्रो बागमती प्रदेश काठमाडौं डेपुटी मेयर कप खुला तेक्वान्दो प्रतियोगिताको उपाधि जितेको छ । ७ स्वर्ण, ३ रजत र १ कांस्यसाथ लैनचौर समग्रमा टिम च्याम्पियन बन्यो ।
न्युसरस्वती तेक्वान्दो डोजाङको आयोजनामा छत्रपाटीस्थित सरस्वती माविमा भएको प्रतियोगितामा ४ स्वर्ण, १ रजत र १कांस्यसाथ दीलिप स्मृति तेक्वान्दो डोजाङ दोश्रो भयो । तेश्रो स्थानको ढल्को तेक्वान्दो डोजाङले ३ स्वर्ण, १ रजत र ५ कांस्य हात पा¥यो ।
स्काइवाक र प्रोक्सिमा एजुकेसनको सहयोगमा भएको प्रतियोगिताको पुरुषमा लैनचौरका रोहन भुजेल तथा महिलामा द नेक्स्ट लेभलकी आयुष्मा चौधरी उत्कृष्ट खेलाडी चुनिए ।
काठमाडौं महानगरपालिकाको सहयोगमा भएको प्रतियोगितामा ३ सय ४० खेलाडीले विभिन्न २४ स्पर्धामा प्रतिस्पर्धा गरेको प्राविधिक प्रमुख रामचन्द्र व्यञ्जनकारले जनाएका छन् । हरेक स्पर्धाका पदक विजेतालाई नगद पुरस्कार पनि प्रदान गरिएको थियो ।











प्रतिक्रिया