रसुवा ।
बैसाख ९ देखि ११ गते सम्म सन्चालित जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्डकाे उपाधि कालिका गाउँपालिका ले हात पारेकाे छ । जिल्ला खेलकुद विकास समिति रसुवा काे आयोजना मा १३ औँ जिल्ला–स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तथा खेलकुद महोत्सव २०८३ शुक्रबार कालिकास्थानमा सम्पन्न भएको हाे ।कालिकाले विभिन्न खेलमा उत्कृष्ट प्रदर्शन गर्दै १९ स्वर्ण, १० रजत र ६ कास्य गरी कुल ३५ पदक जित्दै उपाधि जितेको हो ।
यस्तै उत्तरगया गाउँपालिकाले १० स्वर्ण, १३ रजत र ७ कास्यसहित ३० पदक जित्दै दोस्रो स्थान हासिल गरेको छ भने गोसाइकुण्ड गाउँपालिकाले ४ स्वर्ण, २ रजत र १६ कास्यसहित २२ पदक प्राप्त गर्दै तेस्रो स्थान हासिल गरेको छ । आमाछोदिङ्मो गाउँपालिकाले २ स्वर्ण र १ कास्यसहित ३ पदक जितेको छ भने नौकुण्ड गाउँपालिकाले १ स्वर्ण, ११ रजत र १६ कास्य गरी २८ पदक प्राप्त गरेको छ ।
प्रतियोगितामा जिल्लाका पाँचवटै गाउँपालिकाबाट करिब ३०० खेलाडीको सहभागिता रहेको जिल्ला खेलकुद विकास समिति रसुवाका अध्यक्ष विराज लोप्चनले जानकारी दिनु भयाे प्रतियोगिताको उद्घाटन बागमती प्रदेशकाे युवा तथा खेलकुद मन्त्री उर्मिला नेपालले बैशाख ९ गते गरेकी थिइन् भने समापन बागमती प्रदेश सरकारका प्रवक्ता तथा आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले गर्नुभएकाे थियाे ।
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तथा खेलकुद महोत्सव २०८३ मा बागमती प्रदेश सभा सदस्य इन्द्र गौतम, जिल्ला समन्वय समिति प्रमुख अशोक घिमिरे, नौकुण्ड गाउँपालिका अध्यक्ष नुर्वुसाङ्बो घले, कालिका गाउँपालिका अध्यक्ष हरिकृष्ण देवकोटा, उत्तरगया गाउँपालिका अध्यक्ष माधवप्रसाद अर्याल, गोसाइकुण्ड गाउँपालिका अध्यक्ष कैसाङ नुर्पु तामाङ सराेकारवाला निकाय र स्थानीय जनता खेलप्रेमि हरूकाे उपस्थिति रहेकाे थियाे ।











प्रतिक्रिया