काठमाडौं ।
नेपाली सेनाका प्रधान सेनापति अशोक राज सिग्देलले पदोन्नति भएका तीन जना अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान गरेका छन्।



नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जारी गरेको प्रेस विज्ञप्तिअनुसार नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी भुवनपूर्ण सत्याल, मानर्थ उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी रोशन राणा तथा मानार्थ सहायक रथी दर्जामा पदोन्नति भएका महासेनानी उमेश कार्कीलाई प्रधान सेनापति सिग्देलले जंगी अड्डामा बुधबार आयोजित कार्यक्रममा दर्ज्यानी चिह्न प्रदान गरेका हुन्।
दर्ज्यानी चिह्न प्रदान कार्यक्रममा नेपाली सेनाका रथीवृन्द, वरिष्ठ अधिकृतहरू तथा पदोन्नति भएका अधिकृतका परिवारजनको समेत उपस्थिति रहेको थियो।
नेपाली सेनाले उक्त पदोन्नतिले संगठनको नेतृत्व क्षमता, व्यावसायिक दक्षता तथा जिम्मेवारी वहन गर्ने क्षमतालाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरेको छ।











प्रतिक्रिया