उदयपुर ।
उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिकामा पहिलो पटक स्थानीय तहले गर्ने जग्गा प्रशासन सम्बन्धी कारोबार शुक्रबारबाट प्रारम्भ गरेको छ ।चौदण्डीगढी नगरपालिकाको कार्यालय भवनबाट शुरु गरिएको भूमि प्रशासन सम्बन्धी कार्यको नगर प्रमुख कालुमान लामाले प्रारम्भ गर्नु भएको छ ।

चौदण्डीगढी नगरपालिकाभित्रका जग्गा जमिन सम्बन्धी कारोबार यस अघि जिल्ला सदरमुकामबाट हुँदै आएको र करिब २२ किलोमिटर टाढा रहेका कारण जान आउन समस्या, समयमा काम नहुने, ढिला सुस्ती हुने समय लाग्ने र खर्च बढी हुने गरेको थियो । काम नभएमा बास बस्नु पर्ने अवस्था आउने गरेको थियो । तर अब पालिकामै भूमि प्शासन सम्बन्धी सेवा संचालन भए पछि पालिकाभित्रका नागरिकहरुले सबै कामको सेवा आफ्नै पालिकाबाट लिन सक्ने भएको र अनावश्यक खर्च जोगिएको, समयको बचत भएको, ढिलासुस्ती नहुने, कामको प्रकृतिका आधारमा छिटो छरितो सेवा दिन सकिने भएको नगर प्रमुख लामाले बताउनु भयो ।
जिल्लास्थित भूमि व्यवस्थापन कार्यालय(मालपोत)बाट दिइदै आएको सम्पूर्ण सेवाहरु उपलब्ध गराउने गरी साविकका सिद्धिपुर गाउँपालिका, चौदण्डीगढी गाउँपालिका, हडिया गाउँपालिका, सुन्दरपुर गाउँपालिका, बसाहा गाउँपालिका मिलेर चौदण्डीगढी नगरपालिका बनेकोले ति सबैतिरको जग्गा प्रशासन सम्बन्धि काम तथा सेवा पालिकामा सञ्चालन गरिएको भूमि व्यवस्थापन शाखाबाट प्रदान गरिने छ ।
चौदण्डीगढी नगरपालिकाले जारी गरेको सूचना अनुसार पहिलो चरणमा सम्पादन गर्ने काममा जग्गा सम्बन्र्धीे कारोबारको लिखत पारित गर्ने, राजिनामा रहेको छ । यसैगरी हकहिस्सा राजिनामा, दर्ताफारी, सगोलनामा, हक छाडपत्र, दानपत्र, हालैको बकसपत्र, शेषपछिको बकसपत्र, जग्गासहितको अष्टलोह, स्थानीय तहको कार्यक्षेत्रभित्र पर्ने जग्गा सट्टापट्टा रहेको छ ।
अंशबण्डा तथा अंशबण्डा लिखत भर्पाई, सहकारी संस्था र सदस्यहरु बिच हुने बन्धकी लिखत आदि रहेका छन् । गैर जग्गाको कारोबारतर्फ अंशबण्डा, अंशछाडपत्र, अंश भर्पाई, मानो जोडिएको, मानो छुट्टिएको, करारनामा, घर बहाल, मञ्जुरीनामा, अख्तियारनामा, कपाली तमसुक फलोपभोग, जग्गा बाहेकको अष्टलोह,अन्य लिखत सम्बन्धी काम हुने छ । घरजग्गाको स्वामित्व हस्तान्तरण सम्बन्धी, कसुरजन्य सव्यवस्थापन विभागबाट लेखि आए बमोजिम कसुरजन्य समपति नेपाल सरकारका नाममा कायम गर्ने नगरपालिकाका प्रमुख प्शासकीय अधिकृत काजीमान राईद्धारा हसताक्षरित सूचनामा उल्लेख छ ।
यसैगरी स्थानीय भूमि प्रशासन शाखाबाट प्रदान गरिने सेवाहरुमा जग्गा धनी र मोही बिच जग्गा बाँडफाँड, भूमि प्शासन कार्यालयको निर्णय कार्यान्वयन गर्नै, अपुताली नामसारी सम्बन्धी, विवरण संशोधन तथा अध्याबधिक गर्ने कार्य, प्रतिलिपि जारी गर्ने, नेपाल सरकार बाटो कायम गर्ने लगतकट्टा सम्बन्धी, नक्सा प्रिन्ट तथा बिक्री गर्ने, कित्ताकाट तथा एकीकरण गर्ने, जग्गा छुट्याउने, घर कायम , घर पातल सम्बन्धी, भू उपयोग क्षेत्र बर्गिकरण, काम गर्ने सूचनामा उल्लेख छ ।
यस्तैगरी स्थानीय तहको भूमि प्रशासन शाखाले गर्ने अन्य कामहरुमा मुलुकी देवानी संहिता २०७४ को दफा ३१६ बमोजिम गुठी स्थापना सम्बन्धी, नक्सा अधबधिक गर्नै घरबाटो कुलो सडक वन जंगल वा अन्य पूर्वाधार कायम गर्ने, राजस्व असुली तथा बाँडफाँड सम्बन्धी कार्य समेत गर्ने सूचनामा उल्लेख गरिएको छ ।
आर्थिक ऐन अनुसार पूँजिगत लाभकर,सम्बन्धित प्रदेश ऐन अनुसार असुल हुनु पर्ने, रजिष्ट्रेशन शुलक, सेवा शुल्क, रोक्का दस्तुर लगायतका रकम बाँडफँड तथा संकलन गर्ने, डोर खटाउने लगायतका कामहरु गर्ने, सूचनामा उल्लेख भएका काम बाहेकका काममा भने स्थानीय तहले जिल्ला स्थित भूमि प्रशासन कार्यालयमा पठाउन सक्ने सूचनामा उल्लेख गरिएको छ ।
‘











प्रतिक्रिया