विद्यार्थीलाई योग शिक्षा

0
Shares

दोलखा ।

अन्तराष्ट्रिय योग दिवसको अवसरमा शनिवार दोलखाको शैलुङ गाउँपालिका स्थित दुर्गा माध्यामिक विद्यालयका विद्यार्थीहरुलाई प्रसिद्ध योग गुरु स्वामी ध्रब महाराजले योग, ध्यान र प्रणायमको अभ्यास गराएका छन् ।


शैलुङ गाउँपालिका वडा नम्बर– ३ बाघखोर मागादेउरालीमा रहेको उक्त विद्यालयमा आयोजीत योग शिविरमा विद्यालयका शिक्षक तथा विद्यार्थीहरुको उत्साहजनक सहभागिता रहेको विद्यालयले जनाएको छ ।
योग शिविरले विद्यार्थीहरुलाई शारिरीक तथा मानसिक रुपमा स्वस्थ राख्न सहयोग पुग्ने भएकोले कार्यक्रम सकारात्मक रहेको स्थानीय अभिभावकहरुको भनाई छ ।

एसएस फाउण्डेशनको प्राविधिक सामग्री
योग शिविर उद्घाटनकै अवसरमा सामाजिक अभियानमा सक्रिय एसएस फाउण्डेशनले दुर्गा माध्यामिक विद्यालयलाई एआई÷आईटी कक्षा सञ्चालनको लागि आवश्यक पर्ने बिभिन्न प्राविधिक सामग्रहरु समेत हस्तान्तरण गरेको छ ।

दुर्गा माविले प्रविधिको युगमा आवश्यक पर्ने डिजिटल शिक्षा सुरु गर्न लागेकोले संस्थाले आवश्यक सामग्री उपलब्ध गराएको एसएस फाउण्डेशनका संस्थापक समाजसेवी शोभित उप्रेतीले बताए ।

एसएस फाउण्डेशनले विगत लामो समय देखी दोलखा लगायत देशका बिभिन्न भागमा सञ्चालित विद्यालयहरुलाई स्कूल ब्याग, विद्यालय पोशाक, शैक्षिक सामग्री तथा प्राविधिक उपकरणहरु उपलब्ध गराउदै आएको छ ।