उदयपुर ।
उदयपुरको कटारी नगरपालिका वडा नं ६स्थित भित्री सडकको बैजनाथ खोलाको पुलमा शनिबार राती १.२० बजे अबैध लागु औषधका रुपमा रहेका गाँजा सहित प्रहरीले एक जनालाई नियन्त्रणमा लिइको छ ।
जिल्ला प्रहरी कार्याय उदयपुरले दिएको जानकारी अनुसार मिति ०६ गते राति ०१ः२० बजे कटारी नगरपालिका वडा नं ६ स्थित बैधनाथ खोलाको पुल भित्री सडक खण्डमा प्रहरी चौकी रिस्कुबाट खटिएको प्रहरी टोलीले उदयपुरगढीबाट कटारीतर्फ आउँदै गरेको तत्काल नम्बर नखुलेको मोटरसाइकललाई रोक्न खोज्दा उक्त मोटरसाइकल नरोकी भागेको थियो ।
सोही क्रममा मोटरसाइकलको पछाडि सवार उदयपुरगढी वडा नं ६ बाउनटार घर भई हाल कटारी ४ सिम्ले बस्ने वर्ष ३० को नर बहादुर पुलामी मगर मोटरसाइकलबाट लडेपछि निजलाई साथमा रहेको १७.०४० के.जी. लागू औषध गाँजासहित नियन्त्रणमा लिइएको छ । फरार रहेको मोटरसाइकल र चालकको खोजी कार्य भइरहेको साथै पक्राउ परेका निज नर बहादुर पुलामी मगरलाई इलाका प्रहरी कार्यालय कटारी उदयपुरको हिरासतमा राखि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।











प्रतिक्रिया