काठमाडौँ ।
पाल्पाको बगनासकाली गाउँपालिका–६ मन्द्राङस्थित कालिगण्डकी नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका २४ वर्षीय पुजन गाहाको शव फेला परेको छ। शनिबार बिहान कालिगण्डकी किनारको टिपुवाघाटमा उनको शव भेटिएको प्रहरीले जनाएको छ।
पुजन गाहा र १४ वर्षीय शिशिर गाहा बिहीबार बेलुकी पौडी खेल्ने क्रममा नदीमा डुबेर बेपत्ता भएका थिए। शिशिरको शव शुक्रबार नै फेला परेको थियो भने पुजनको शव शनिबार भेटिएको हो। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।











प्रतिक्रिया