बुटवल ।
प्रकाशन तथा प्रसारण संघ, लुम्बिनी नेपालद्वारा आयोजित चौथो राष्ट्रिय मिडिया सम्मेलन–२०८३ शनिवार देखि बुटवलमा सुरु भएको छ। बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डे सम्मेलनको उद्घघाटन दुई तिहाई नजिकको सरकारले ल्याएको मिडिया नीतिले स्थानिय तह निकै समस्यामा परेको भन्दै सच्चाउन माग गर्नु भयो । उहांले सरकारले मिडियालाई समाप्त गदै लोकतन्त्रलाई कमजोर बनाउन खोजेको आरोप लगाउनु भयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले सरकार लोकतन्त्र समाप्त वनाउने खेलमा लागेकोले आम नागरिकको स्वतन्त्रताको हक कुन्ठितका लागि मिडियालाई समाप्त पार्ने रणनीतिमा लागेको धारणा राख्नु भयो । प्रेसकाउन्शील नेपालका मुख्य अधिकृत झविन्द्र भुसालले मिडियाहरुले आफूलाई पनि समयानुकुल परिष्कृत गदै अगाडी बढनु पर्ने बताउनु भयो ।
नेपाल मिडिया सोसाइटीका अध्यक्ष मदन लम्सालले मिडिया सवल नहुदासम्म लोकतन्त्रको सवलीकरण संभब नहुने तर्क गर्नु भयो । सम्मेलनमा नेपाली सञ्चार क्षेत्रका चुनौती, अवसर तथा समसामयिक विषयमा छलफल जारी रहेको छ । प्रकाशन तथा प्रसारण संघ, लुम्बिनीका अध्यक्ष नवराज कुंवरको सभापतित्वमा भएको कार्यक्रममा महासचिव माधव नेपालले संचालन र उपाध्यक्ष विष्णु भुसालले स्वागत गर्नु भएको थियो । दुई दिन सम्म संचालन हुने सम्मेलनले बुटवल घोषणापत्र जारी गर्ने छ ।











प्रतिक्रिया