काठमाडौँ ।
शिवचन्द्र स्मृति प्रतिष्ठान, महोत्तरीको आयोजनामा आयोजित एक समारोहमा चिकित्सा तथा साहित्य क्षेत्रसँग सम्बन्धित दुई पुस्तक लोकार्पण गरिएको छ। प्रा. डा. चन्दा कार्की भण्डारी, प्रा. डा. हिरा तुलाधर र प्रा. डा. सुमनराज ताम्राकारको सहलेखनमा प्रकाशित ‘इसेन्सियल इन्स्ट्रुमेन्ट इन अब्सटेट्रिक्स एन्ड गाइनेकोलोजी’ तथा प्रा. डा. चन्दा कार्की भण्डारीद्वारा लिखित कविता संग्रह ‘छचल्किएका भावनाहरू’ सार्वजनिक गरिएको हो।

विशिष्ट अतिथिहरू डा. बेनु बहादुर कार्की, प्रा. डा. ज्ञानेन्द्र मान सिंह कार्की, डा. सपना अमात्य, प्रतिनिधिसभा सदस्य कामिनी चौधरी र पूर्व सांसद बिन्ध्यबासिनी कंसाकारले संयुक्त रूपमा पुस्तक विमोचन गरेका थिए।
कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष राजन सिंह भण्डारीले स्वागत मन्तव्य व्यक्त गर्दै प्रतिष्ठानको उद्देश्यबारे जानकारी गराएका थिए। लेखक प्रा. डा. चन्दा कार्की भण्डारीले पुस्तकहरूको विषयवस्तु र महत्वबारे चर्चा गर्नुभएको थियो भने सहलेखकहरूले पुस्तक तयारीका अनुभव साझा गरेका थिए।
वक्ताहरूले पुस्तकहरूले चिकित्सा शिक्षा र साहित्यिक क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेका थिए। साथै, पुस्तक बिक्रीबाट प्राप्त रकम प्रतिष्ठानले सञ्चालन गर्ने सामाजिक सेवामूलक कार्यमा उपयोग गरिने जानकारी दिइएको थियो।











प्रतिक्रिया