रोयल्स च्यालेन्जर्सलाई उपाधि रक्षा गर्न चुनौती

मुम्बई र चेन्नाई रेकर्ड उपाधिको लक्ष्यमा

0
Shares

यस सिजनको इन्डियन प्रिमियर लिग (आईपीएल) शनिबारदेखि शुरु भएको छ । प्रतियोगितामा गत झैं १० टोलीले सहभागिता जनाएको छ । यसलाई दुई समूहमा विभाजित गरिएको छ । जसअनुसार समूह ए मा चेन्नाई सुपर किंग्स, कोलकाता नाइट राइडर्स, गुजरात टाइटन्स, दिल्ली क्यापिटल्स र लखनउ सुपर किंग्स रहेका छन् ।

यसैगरी समूह बी मा गत संस्करणको च्याम्पियन रोयल च्यालेन्जर्स र रनर अप पन्जाब किंग्स एकै समूहमा परेको छ । यीबाहेक अन्य तीन टोलीमा मुम्बई इण्डियन्स, राजस्थान रोयल्स र सनराइजर्स हैदराबाद रहेका छन् ।

आफ्नो समूहका सबै टोलीले सबैसँग समान दुई खेल खेल्नेछन् । अर्को समूहका समानान्तर रुपमा आफ्नो स्थानमा रहने एक टोलीसँग भने दुई पटक तथा अन्य चार टोलीसँग भने समान एक खेल खेल्नेछ । हरेक टोलीले समूह चरणमा १४ खेल खेल्नेछन् । यसमा घरेलु मैदान र विपक्षी टोलीको मैदानमा ७÷७ खेल हुनेछ ।
सबै कप्तान भारतीय खेलाडी

यसपटकको संस्करणमा सबै १० टोलीका कप्तान भारतीय खेलाडी रहेका छन् । यसरी भारतीय खेलाडीले कप्तानी गरेको यो आईपीएल इतिहासमा पहिलोपटक नै हो । यसअघि स्वदेशी र विदेशी खेलाडीलाई कप्तानी जिम्मा दिने गरिएको थियो । टोली कप्तान यस प्रकारका छन्ः

–ऋतुराज गायकवाड (चेन्नई सुपर किंग्स)

–रियान पराग (राजस्थान रोयल)

–अक्षर पटेल (दिल्ली क्यापिटल)

–शुभमन गिल (गुजरात टाइटन्स)

–अजिंक्या रहाणे (कोलकाता नाइड राइडर्स)

– हार्दिक पाण्डया (मुम्बई इन्डियन्स)

–रजत पाटीदार (रोयल च्यालेन्जर्स बैंगलोर)

–इशान किसन (सनराइजर्स हैदरावाद)

–श्रेयस अ‍ैयर (पञ्जाव किंग्स)

–ऋषभ पन्त (लखनउ सुपर जायन्ट)

मुम्बई र चेन्नाई सर्वाधिक उपाधि विजेता

आईपीएलको इतिहासमा सर्वाधिक उपाधि जित्नेमा मुम्बई इन्डियन्स र चेन्नाई सुपर किंग्स रहेका छन् । यी दुबै टोलीले ५÷५ पटक उपाधि जितेका छन् । यस्तै, कोलकाता नाइट राइडर्सले ३ पकट उपाधि आफ्नो नाम गरेको छ । अन्यमा राजस्थान रोयल्स, डेक्कन चार्जर्स, रोयल च्यालेन्जर्स बैंगलोर, सनराईजर्स हैदराबाद र गुजरात टाइटन्सले एक–एक पटक उपाधि जित्न सफल भएका छन् । तर, पञ्जाब किंंग्स, लखनउ सुपरजायन्ट र दिल्ली क्यापिटलले उपाधि जित्न सकेका छैनन् ।