प्रधानमन्त्री सदनप्रति अनुत्तरदायी भएको ओलीको आरोप


काठमाडौं ।

राप्रपाकी प्रमुख सचेतक खुश्बु ओली ले प्रधानमन्त्री संसदप्रति अनुत्तरदायी बनेको आरोप लगाएकी छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले प्रधानमन्त्रीले संसदीय अभ्यास र मर्यादालाई बेवास्ता गरेको बताइन्।

प्रधानमन्त्रीले संसदमा उठेका विषयको जवाफ सदनमा नभई सामाजिक सञ्जालमार्फत दिने प्रवृत्ति बढेको भन्दै उनले यसलाई संसदीय अभ्यासविपरीत भएको टिप्पणी गरिन्। साथै, प्रधानमन्त्रीलाई सामाजिक सञ्जालमा मात्र सीमित नभई संसदमा उपस्थित भएर जवाफदेही बन्न आग्रह समेत गरिन्।