काठमाडौँ ।
नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले संविधान संशोधन जनताले प्राप्त गरेका अधिकारको संरक्षण गर्दै अग्रगमनका लागि हुनुपर्ने बताएका छन्। बिहीबार प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै उनले संविधान साझा सहमति, रगत र पसिनाले बनेको दस्तावेज भएकाले बहुमतको गणितले मात्र संशोधन गर्न नहुने बताए।
उनले संविधान राष्ट्रिय एकता र साझा भावनालाई जोड्ने कडी भएको उल्लेख गर्दै संशोधनमा सहमति र स्थायित्व आवश्यक रहेको धारणा राखे। साथै, नीति तथा कार्यक्रममा आत्मनिर्भर अर्थतन्त्र निर्माणको स्पष्ट योजना नदेखिएको भन्दै परनिर्भरता अन्त्य गरी उत्पादनमुखी अर्थतन्त्रतर्फ जानुपर्ने बताए।
नेम्वाङले भौतिक विकास मात्रै समृद्धि नभई नागरिकको आत्मसम्मान र समान सहभागिता सुनिश्चित हुनुपर्ने पनि उल्लेख गरे।











प्रतिक्रिया