काठमाडौं ।
नुवाकोटको म्यागङ गाउँपालिका–४ किम्ताङमा दुई दाजुभाइको हत्या प्रकरणमा प्रहरीले ६ जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ। ४३ वर्षीय सोमनाथ तामाङ र ३६ वर्षीय सूर्यमान तामाङको शव खोलामा ढुंगाले थिचेर लुकाइएको अवस्थामा फेला परेको थियो।
जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार घटनास्थलबाट खुकुरी बरामद भएको छ भने हत्या धारिलो हतियार प्रयोग गरेर गरिएको आशंका गरिएको छ। आर्थिक लेनदेनका कारण घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिए पनि प्रहरीले पोस्टमार्टम रिपोर्टपछि मात्रै घटनाको वास्तविक कारण खुल्ने जनाएको छ।











प्रतिक्रिया