काठमाडौँ ।
नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली ले मध्यपूर्वमा बढ्दो तनावका बीच युएई, इजरायल र इरानमा रहेका नेपाली नागरिकलाई सुरक्षित र सजग रहन आग्रह गरेका छन्।
शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत अध्यक्ष ओलीले पछिल्लो समय मध्यपूर्वमा देखिएको तनावप्रति चिन्ता व्यक्त गर्दै त्यहाँ रहेका नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाई सावधानी अपनाउन आह्वान गरेका हुन्।
उनले सम्बन्धित देशस्थित नेपाली दूतावास र नेपाल सरकारलाई समेत नेपाली नागरिकको सुरक्षाका लागि अविलम्ब सक्रिय हुन अनुरोध गरेका छन्।
शनिबार अमेरिका र इजरायलले इरानमाथि संयुक्त सैन्य आक्रमण गरेपछि मध्यपूर्व क्षेत्रमा तनाव चर्किएको बताइएको छ।











प्रतिक्रिया