निर्वाचनमा खटाइएका  कर्मचारीमा विभेदको आरोप, रौतहटमा शिक्षक आक्रोशित

10.81k
Shares

रौतहट ।

आसन्न प्रतिनिधि सभा निर्वाचनको लागि खटाइएका कर्मचारीमा विभेद गरेको आरोप लागेको छ । रौतहट क्षेत्र नम्बर ४ को निर्वाचन अधिकृतको कार्यालयले निर्वाचनमा खटाइने कर्मचारीको प्रकाशित नामबली चन्द्रपुरका अधिकास विद्यालयका प्राध्यानाध्यपकहरुले  असन्तुष्ट जनाएको छ । उनीहरुले बुधवार प्रतिनिधि सभा क्षेत्रनम्बर ४ को अधिकृतको कार्यालयमा विभेदको विषयमा आवाज उठाउन आउँदा निर्वाचन अधिकृत भेटेनन्  । निर्वाचन अधिकृतको कार्यालयले अधिकृत स्तरका कर्मचारीलाई बाहिर राखेर मालपोत कार्यालय, प्रशासन, पालिकाका सुब्बा सरहका कर्मचारी कर्मचारी लाई मतदान अधिकृतको रुपमा खटाइएको छ भने कतिपय अधिकृत लाई सहायक मतदान अधिकृतमा खटाइएको आरोप रहेको छ ।

 यस्तै निर्वाचन अधिकृतको कार्यालयले खटाइएका कर्मचारीको स्तर मापन नगरी विभेद गरेको असन्तुष्टि जनाउँदै शिक्षकहरूले करारका कर्मचारीलाई मतदान अधिकृत र आठौं तहका स्थायी कर्मचारीलाई सहायक मतदान अधिकृतमा खटाइएको समेत आरोप लागेको छ । प्राध्यानाध्यपक गगन देब यादबले भने विभेदको बिरुद्ध निर्वाचन अधिकृत प्रति असन्तुष्टि रहेको बताउनु भयो ।  उहाँको भनाइमा जिम्मेवारी बाँडफाँट गर्दा अनुभव र वरिष्ठताको बेवास्ता गरिएको छ । उनीहरूले मतदान स्थलमा कर्मचारी नियुक्ति गर्दा समेत करार तथा निजी स्रोतका कर्मचारीलाई प्राथमिकतामा राखिएको र स्थायी कर्मचारीलाई उपेक्षा गरिएको आरोप लगाएका छन् । यस्तो निर्णयले कर्मचारीको मनोबल घट्नुका साथै निर्वाचन कार्यसम्पादनमा असर पर्ने उनीहरूको दाबी छ ।

यता, प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर ४ का निर्वाचन अधिकृत उद्धव ढोगडारीले सम्बन्धित निकायबाट प्राप्त सूचीअनुसार कर्मचारी खटाइएको बताउनुभयो । निर्वाचन आयोगले कर्मचारी खटाउँदा बनाइएको मापदण्ड विपरीत निर्वाचन अधिकृतको कार्यालयले कर्मचारी खटाएको आरोप रहेको छ । यसैबीच, गरुडा नगरपालिका स्थित रामचन्द्र मावि ‘क’ मतदान केन्द्रमा सहायक मतदान अधिकृतको रूपमा भीमप्रसाद पराजुलीलाई खटाइएको छ । उनी गैरसरकारी संस्था ग्रामीण विकास लघु वित्तीय संस्था लिमिटेड, चन्द्रपुरको अधिकृत छैटौं तहका कर्मचारी भएको जनाइएको छ । आक्रोशित कर्मचारीहरूले निष्पक्ष र पारदर्शी मापदण्डका आधारमा जिम्मेवारी बाँडफाँट गर्न माग गर्दै निर्णय पुनरावलोकन गर्न सम्बन्धित निकायसँग आग्रह गरेका छन् ।