काठमाडौँ ।
नेकपाका नेता देव गुरुङले आगामी निर्वाचनका लागि उत्पादनमुखी र युद्ध अर्थतन्त्रबाट नेपाललाई मुक्त गर्ने उद्देश्यसहित घोषणापत्र ल्याइने बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको कार्यक्रममा उनले मुलुकको अर्थतन्त्र गम्भीर संकटमा रहेकाले त्यसलाई केन्द्रमा राखेर घोषणापत्र तयार गरिने बताए ।
गुरुङले सुशासनलाई पहिलो प्राथमिकतामा राख्दै रोजगारीमुखी, आत्मनिर्भर र उत्पादनशील अर्थतन्त्र निर्माणमा जोड दिइने उल्लेख गरे । कृषि उत्पादनको बजार विस्तार, सहकारी र सार्वजनिक क्षेत्रको सुदृढीकरण, ठूला उद्योग र गेम चेन्जर परियोजनालाई प्राथमिकता दिइने उनको भनाइ छ ।
साथै, समावेशी, वातावरणमैत्री र डिजिटल अर्थतन्त्रको विकास तथा कार्यान्वयनमुखी घोषणापत्र ल्याइने उनले दाबी गरे । संविधान प्रभावकारी रूपमा क्रियाशील नभएको र निर्वाचन निष्पक्षतामाथि शङ्का रहेको पनि गुरुङले बताए ।











प्रतिक्रिया