चुनावका कारण कल्लीको रिलिज स्थगित


आसन्न प्रतिनिधिसभा निर्वाचनका कारण फिल्म कल्लीको प्रदर्शन स्थगित गरिएको छ। आगामी फागुन १ गतेका लागि रिलिज डेट तय गरिएको फिल्मको रिलिज देश निर्वाचनमा होमिएकाले हालका लागि स्थगित गरिएको यसको निर्माण संस्थाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

यसैबीच क्या राम्री बोलको गीतको चोभारमा छाया“कन गरी फिल्मको सम्पूर्ण छाया“कन सकिएको निर्माणपक्षले जानकारी गराएको छ। नायिका पूजा शर्माको आइटम डान्स २ दिन लगाएर खिच्दै फिल्मको छाया“कन ६० दिनमा प्याकअप भएको निर्माता किरण नेपालीले जानकारी गराए। फिल्मको छाया“कन भने जुम्लामा गरिएको हो।

आशिष अविरलको संगीत रहेको गीतमा रामजी लामिछानेले कोरियोग्राफी गरेका छन्। आशिष अविरल र मेलिना राईको स्वर रहेको गीतमा सुरेन्द्र रानाको शब्द रचना छ। पूजाले बिहेपश्चात यही फिल्मको गीतमा पहिलोपटक काम गरेकी हुन्। करिअरमै पहिलो पटक आइटम डान्स गर्न पाउ“दा खुसी लागेको उनले बताइन्। गीतको भिडियोमा पूजाको साथमा नायक उत्तम प्रधान, किरण श्रेष्ठ र कलाकार सुलक्षण भारतीले नृत्य गरेका छन्।

लेकाली इन्टरटेन्मेन्ट र कस्तुरी प्रोडक्सनको ब्यानरमा निर्मित फिल्ममा लक्ष्मण सुनारको कथा र निर्देशन, महेश दवाडीको लेखन, आशिष अविरल, सरित राई र केतन क्षेत्रीको संगीत, निसाल पौडेलको डीओपी र मिलन श्रेष्ठको सम्पादन रहेको छ। फिल्ममा उत्तम प्रधान, सौगात मल्ल, अर्पण थापा, बेनिशा हमाल, सुलक्षण भारती, नाजिर हुसेन, वर्षा राउत, बेगम नेपाली, विनोद न्यौपाने, रेयर राई, प्रियना आचार्य, अर्जुन गुरुङ, सन्जोज राणा, गीता अधिकारी, कुलबहादुर अधिकारी, सरस्वती खत्री, श्याम मगर, बालकलाकार उपेश ढकाल, मञ्जिला बानिया“, समर्पण खतिवडालगायतले अभिनय गरेका छन्।