काठमाडौं।
नेपाल निर्माण व्यवसायी महासंघले आफ्ना गतिविधिको प्रचारप्रसारलाई थप प्रभावकारी बनाउन नयाँ सञ्चार रणनीतिसहित अघि बढ्ने निर्णय गरेको छ।
महासंघ मातहतको प्रचारप्रसार समितिको मंसिर ८ गते बसेको बैठकले प्रचारप्रसारका गतिविधिलाई व्यवस्थित र प्रभावकारी बनाउने निर्णय गरेको हो।
समिति संयोजक एवं महासंघका नीतिगत उपमहासचिव मंगलबहादुर शाहीको अध्यक्षतामा बसेको बैठकमा समितिका सल्लाहकार तथा महासंघका उपाध्यक्ष बालकृष्ण थापाको विशेष उपस्थिति रहेको थियो।
बैठकले थाइल्यान्डको राजधानी बैंककमा आयोजना हुन लागेको ४८औँ इफाप्का सम्मेलन, १९औँ निर्माण दिवस तथा छैटौँ पूर्वाधार सम्मेलनलाई भव्य रूपमा सम्पन्न गर्न प्रचारप्रसारको कामलाई तीव्रता दिने निर्णय गरेको छ।
त्यसैगरी बैठकमा महासंघको सञ्चार निर्देशिका–२०८३ को पालना तथा प्रचारप्रसार समितिको भावी कार्यक्रमका विषयमा समेत छलफल भएको थियो।
बैठकलाई सम्बोधन गर्दै समिति संयोजक शाहीले वर्तमान समय सूचना प्रविधिमा आधारित प्रचारप्रसारको युग भएकाले सोहीअनुसार समितिले आफ्ना गतिविधि अघि बढाइरहेको जानकारी दिएका थिए।
महासंघका महत्त्वपूर्ण गतिविधि, कार्यक्रम तथा उपलब्धिलाई प्रभावकारी रूपमा सञ्चारमाध्यम र प्रविधिको प्रयोगमार्फत आम नागरिकसम्म पुर्याउने विषयमा बैठक केन्द्रित रहेको जनाइएको छ।








तपाईंको विचार लेख्नुहोस्