राज्य संयन्त्रको सहयोगबिना प्रधानमन्त्रीले मात्रै सबै गर्न सक्दैनन् : ओली


काठमाडौं।

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको पछिल्लो राजनीतिक अवस्था, संविधान, न्यायपालिका, निर्वाचन तथा राष्ट्रिय हितका विषयमा आफ्ना धारणा व्यक्त गरेका छन्।

सञ्चारकर्मीहरूसँगको छलफलमा अध्यक्ष ओलीले राज्य संयन्त्रले आवश्यक सहयोग नगरे प्रधानमन्त्री एक्लैले सबै काम गर्न नसक्ने बताएका छन्। उनले मुलुकको लोकतान्त्रिक व्यवस्था, राज्य सञ्चालन र न्यायपालिकाको भूमिकामाथि समेत प्रश्न उठाएका छन्।

ओलीले भदौ २३ र २४ गतेका घटनाबारे चर्चा गर्दै त्यसपछिका राजनीतिक घटनाक्रम र सत्ता परिवर्तनका विषयमा आफ्नो धारणा राखेका छन्। सुशीला कार्कीलाई प्रधानमन्त्री बनाइएको प्रक्रिया तथा प्रतिनिधिसभा विघटनको संवैधानिक आधारमाथि पनि उनले प्रश्न उठाएका छन्।
उनले आफ्नो सिफारिसमा भएको संसद् विघटन र पछिल्लो संसद् विघटनलाई फरक ढङ्गले हेरिएको विषयमा असन्तुष्टि व्यक्त गरेका छन्। अदालतमा विचाराधीन मुद्दा तथा संवैधानिक प्रक्रियाका विषयमा समेत उनले चर्चा गरेका छन्।

निर्वाचन खर्च घटाउन जोड

अध्यक्ष ओलीले निर्वाचनमा हुने खर्च घटाउनुपर्नेमा जोड दिँदै स्थानीय तहको निर्वाचन निर्धारित समयमै हुनुपर्ने धारणा राखेका छन्। संघ र प्रदेशको निर्वाचन एकै समयमा गर्दा खर्च कम हुने विषयमा पनि उनले चर्चा गरेका छन्।

राष्ट्रिय हित र परराष्ट्र सम्बन्धबारे चासो

सञ्चारकर्मीसँगको छलफलमा ओलीले नेपाल–भारत सम्बन्ध, सन् १९५० को सन्धि, ईपीजी समूह, एसपीपी तथा चुच्चे नक्सासम्बन्धी विषयमा समेत धारणा राखेका छन्।उनले राष्ट्रिय हित र परराष्ट्र सम्बन्धका विषयमा सरकार जिम्मेवार हुनुपर्नेमा जोड दिएका छन्। प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा उठाउनुपर्ने विषय तथा भैरहवा विमानस्थलबाट हवाई उडान सञ्चालनसम्बन्धी विषयमा पनि छलफल भएको छ।
समसामयिक राजनीति, संवैधानिक व्यवस्था, निर्वाचन र राष्ट्रिय हितका विभिन्न विषयमा केन्द्रित छलफलमा ओलीले सञ्चारकर्मीहरूले उठाएका प्रश्नको जवाफसमेत दिएका थिए।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।