गाजामा इजरायलको हवाई आक्रमण, हमासका वरिष्ठ नेताको मृत्यु


काठमाडौं।

इजरायलले गाजाको देइर अल–बलाहस्थित एक आवासीय भवनलाई लक्षित गरी हवाई आक्रमण गरेको छ। उक्त आक्रमणमा हमासका पूर्व उप–शिक्षामन्त्री खालेद अबुन्दह र उनकी श्रीमतीको मृत्यु भएको प्यालेस्टिनी सञ्चारमाध्यमलाई उद्धृत गर्दै बीबीसी फारसीले जनाएको छ।

इजरायली सेनाले पनि आक्रमणको पुष्टि गर्दै हमासका एक वरिष्ठ सदस्यलाई लक्षित गरी कारबाही गरिएको जनाएको छ। सेनाले घटनाबारे थप विस्तृत विवरण पछि सार्वजनिक गर्ने बताएको छ।

यसैबीच, गाजाका अधिकारीहरूका अनुसार पछिल्लो केही घण्टामा इजरायलले गरेका तीन छुट्टाछुट्टै हवाई आक्रमणमा कम्तीमा आठ प्यालेस्टिनीको मृत्यु भएको छ।

हमासको नागरिक रक्षा संगठनका प्रवक्ताले बीबीसीलाई दिएको जानकारीअनुसार उद्धारकर्ता तथा स्वास्थ्यकर्मीको टोलीले आठ जनाको शव गाजा सहरस्थित अल–अक्सा र शिफा अस्पतालमा पुर्‍याएको छ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।