सुन र चाँदीको मूल्य बढ्यो


काठमाडौं ।

नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला १ हजार ४०० रुपैयाँले बढेर २ लाख ४२ हजार ८०० रुपैयाँ पुगेको छ। बुधबार सुन प्रतितोला २ लाख ४१ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, चाँदीको मूल्य प्रतितोला ३५ रुपैयाँले बढेर ३ हजार ७५ रुपैयाँ पुगेको छ। बुधबार चाँदी प्रतितोला ३ हजार ४० रुपैयाँमा कारोबार भएको थियो।

आज १० ग्राम सुनको मूल्य २ लाख ८ हजार १६० रुपैयाँ र चाँदीको मूल्य २ हजार ६३६ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।