रास्वपा सांसद निशा डाँगी र मुकुल ढकाल विवाह बन्धनमा बाँधिए


काठमाडौं।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सहमहामन्त्री तथा प्रतिनिधिसभा सदस्य निशा डाँगी र पार्टीका संस्थापक महामन्त्री डा. मुकुल ढकाल विवाह बन्धनमा बाँधिएका छन्।

उनीहरू बिहीबार वैवाहिक जीवनमा बाँधिएका हुन्। विराटनगर घर भएका ढकाल जन्ती लिएर झापा पुगेपछि निशासँग विवाह गरेका हुन्।

लामो समयदेखि प्रेम सम्बन्धमा रहेका उनीहरूको विवाह समारोहमा राष्ट्रिय स्वतन्त्र पार्टीका विभिन्न नेताहरूको समेत उपस्थिति रहेको थियो।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।