काठमाडौं।
काठमाडौं विश्वविद्यालयमा मेकानिकल इन्जिनियरिङ अध्ययनरत विद्यार्थीहरूको संस्था एसोसिएसन अफ मेकानिकल इन्जिनियरिङ स्टुडेन्ट्स (एम्स) को आयोजनामा ‘अभियन्ता–२६’ हुने भएको छ।
कार्यक्रमअन्तर्गत मुख्य गतिविधि आगामी पुस ७ र ८ गते धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयको प्रांगणमा सञ्चालन हुनेछन्। यसअघि र त्यसपछि पनि विभिन्न प्रतिस्पर्धा, कार्यशाला तथा अन्य कार्यक्रम आयोजना गरिने एम्सले जनाएको छ।
एम्सका अध्यक्ष आदर्श श्रेष्ठका अनुसार नोभेम्बर २८ देखि ३० (मंसिर १२ देखि १४) सम्म अल नेपाल गो–कार्ट प्रतियोगिता आयोजना हुनेछ। त्यस्तै, डिसेम्बर ४ (मंसिर १८) मा वर्कसप अन टुल्स, डिसेम्बर ६ र ७ (मंसिर २१ र २२) मा ट्रेनिङ अन ट्रेनर आयोजना गरिनेछ।
त्यसैगरी डिसेम्बर ११ (मंसिर २५) मा एस्केप रुम, डिसेम्बर १३ र १४ (मंसिर २७ र २८) मा मेकाथन तथा मेक पोडकास्ट र डिसेम्बर १७ र १८ (पुस २ र ३) मा क्याड प्रतियोगिता सञ्चालन हुनेछन्।
कार्यक्रम संयोजक निर्भिक भण्डारीका अनुसार ‘अभियन्ता–२६’ अन्तर्गत अक्टोबर २ (असोज १६) मा मेक–रन कार्यक्रम सम्पन्न भइसकेको छ।
आयोजकका अनुसार कार्यक्रममा विश्वविद्यालयका विद्यार्थी, उद्यमी, व्यवसायी तथा सर्वसाधारण गरी ३५ सयभन्दा बढीको सहभागिता रहने अपेक्षा गरिएको छ।
कार्यक्रममार्फत मेकानिकल इन्जिनियरिङका विद्यार्थीलाई आफ्नो सीप, क्षमता र सिर्जनशीलता प्रदर्शन गर्ने अवसर मिल्ने आयोजकको विश्वास छ। साथै, प्रतिष्ठित उद्योग तथा व्यवसायिक क्षेत्रसँग विद्यार्थीको सम्बन्ध विस्तार गर्न पनि कार्यक्रमले सहयोग पुर्याउने अपेक्षा गरिएको छ।








तपाईंको विचार लेख्नुहोस्