स्रोत नखुलेको ५० लाखभन्दा बढी रकमसहित ठमेलबाट दुई जना पक्राउ


काठमाडौं।

काठमाडौंको ठमेलस्थित एक होटलबाट स्रोत नखुलेको ५० लाख ५० हजारभन्दा बढी रकम तथा विदेशी मुद्रासहित दुई जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार बुधबार दिउँसो करिब १ बजे काठमाडौं महानगरपालिका–१७, ठमेलस्थित स्नो लाइन होटलमा अवैध रूपमा स्रोत नखुलेको रकम लुकाइछिपाइ राखिएको सूचना प्राप्त भएपछि प्रहरीले छापा मारेको थियो।

प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले होटलमा जाँच गर्ने क्रममा ५० लाख ५० हजार रुपैयाँ नेपाली मुद्रा, ४ हजार २१५ ओमानी रियाल र ५५ अरब दिराम बरामद गरेको जनाएको छ।

पक्राउ पर्नेमा चितवन घर भई हाल काठमाडौंको ठमेल बस्दै आएकी २० वर्षीया स्नेहा रिमाल र माल्दिभ्सका नागरिक युगीथ इब्राहिम रहेका छन्।

बरामद भएको नेपाली तथा विदेशी मुद्राको स्रोत खुल्न नसकेपछि प्रहरीले दुवै जनालाई नियन्त्रणमा लिएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।