हेटौंडा।
हेटौंडामा आयोजित पहिलो संस्करणको वडा अध्यक्ष कप राष्ट्रिय स्नुकर प्रतियोगिताको उपाधि हेटौंडाका सोम लामाले जितेका छन् । फाइनलमा काठमाडौंका वाङ्चु तामाङलाई पराजित गर्दै लामाले उपाधि जितेका हुन् । उपाधिसँगै उनले नगद एक लाख, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
प्रतियोगितामा दोस्रो भएका तामाङले नगद ५० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । सेमिफाइनलमा पराजित रोहित क्षेत्री र मिलन लामाले जनही १५ हजार रुपियाँ पुरस्कार प्राप्त गरेका छन् । विजेता खेलाडीहरुलाई बागमती प्रदेशका सामाजिक विकासमन्त्री गिरबहादुर तामाङले पुरस्कार वितरण गरेका हुन् ।











प्रतिक्रिया