काठमाडौं, (नेस) ।
नेपालकी ट्रेल रनर रशिला तामाङले भुटानमा ’कोलोन ट्रेल रन’ महिलातर्फको उपाधि जितेकी छन् ।
रशिलाले ४२ किलोमिटर ७ घण्टा ११ मिनेट २६ सेकेन्डमा दौड पूरा गरिन् । सो विधामा बेल्जियमकी भान्या नप्स ७ घण्टा १८ मिनेट १७ सेकेन्ड समयसहित दोस्रो भइन् । भुटानकी सांगे छोदेन तेस्रो स्थानमा रहिन् ।
भुटानमा शुक्रबार भएको ट्रेल रनलाई इन्टरनेसनल ट्रेल रनिङ एसोसिएसन र युटिएमबी दुवैबाट मान्यताप्राप्त छ । यस दौडमा २७ देशका १ सय ५२ धावकधावकाको सहभागिता रहेको थियो ।
यो दौडमा ३ हजार ५ सय मिटर र ४ हजार मिटर उचाइका दुई मुख्य स्टप रहेका थिए । दौडको सुरुवातदेखि नै पानी परेपछि रसिलासहित अन्य धावकधाविकाले चुनौतीपूर्ण मौसमको पनि सामना गर्नुपरेको थियो ।
दौडको रुटको केही भागमम हिउँ परेको थियो। सबै प्रतिस्पर्धीले करीब एक घन्टा हिउँमा दौडनु परेको थियो । रशिलाले भुटानमा प्रतिस्पर्धा गर्ने अवसर पाएकोमा खुसी व्यक्त गरिन् ।
पुरुषतर्फ इटालीका रिकार्डो मोन्तानी ५ घण्टा २३ मिनेट ५२ सेकेन्डमा दौड पूरा गरी विजेता बने । भुटानका ग्येम तेन्जिन दोस्रो छिरिङ ग्याल्चेन तेस्रो स्थान भए।











प्रतिक्रिया