काठमाडौँ ।
शनिबार देशभर मौसम बदली भई अधिकांश स्थानमा वर्षा भइरहेको छ। गण्डकी प्रदेशका धेरैजसो स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको छ भने अन्य प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो तीन घण्टामा तनहुँको साखरमा सबैभन्दा बढी ३६ मिलिमिटर वर्षा मापन भएको छ।
विभागले आज दिउँसो पनि देशभर मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ। काठमाडौँ र पोखरामा वर्षाको सम्भावना ८० प्रतिशत रहेको छ भने जिरीमा ७० प्रतिशत र भैरहवा, सिमरा, ओखलढुङ्गा तथा जोमसोममा ६० प्रतिशत सम्भावना छ।
यद्यपि, आज राति भने देशका कुनै पनि सहरमा वर्षाको सम्भावना नरहेको पूर्वानुमान छ। राति जुम्ला र जोमसोममा आंशिक बदली रहनेछ भने अन्य अधिकांश सहरमा बिहान हुस्सु वा कुहिरो लाग्न सक्ने विभागले जनाएको छ।
राति जुम्लाको न्यूनतम तापक्रम माइनस २ डिग्रीसम्म र जोमसोमको माइनस १ डिग्रीसम्म झर्न सक्ने अनुमान गरिएको छ।












प्रतिक्रिया